बसको ठक्करवाट एकजनाको ज्यान गयो I

रत्ननगर ०५ कातिक ,

पुर्वी चितवनको चैनपुर १ तरकारीचोकमा बसको ठक्कर बाट एक साईकल यात्रीको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ५०९ नम्बरको मितेरी बसले पुर्वपश्चिम राजमार्ग अन्र्तगत तरकारीचो कमा दिउसो एक वजे ठक्कर दिँदा अन्दाजी ३५÷४० वर्षिय साईकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतक पुरुष व्यक्ति रहेको र उनको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो । ठक्कर दिने वस र चालक प्र हरीको नियन्त्रणमा रहेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com