एमाओवादीको बाँगी उमेद्वार एमालेमा प्रबेश I

कावासोती कार्तिक ९ ,

एकीकृत नेकपा माओवादी नवलपरासी क्षेत्र नं १ का बाँगी ( स्वतन्त्र) उमेद्वार रामुकान्त अर्याल सहित सयौं कार्यकर्ता एमाले मा प्रबेश गरेका छन् । 

एमालेका कार्यक्रम जनपक्षिय र विचार सही भएकाले एमाले क्षेत्र नं १ का उमेद्वार दीपक अधिकारी (क्षेत्री) लाई समर्थन गर्दै एमालेमा प्रबेश गरेको उहाँले बताउनु भयो ।  

एकीकृत नेकपा माओवादीका कार्यकर्ता भीरमा भएकाले त्यहाँ अडिन नसकेर एमालेमा प्रबेश गरेको बताउदै अर्यालले भन्नुभयो–‘ एमाओ वादीमा कोही अडिन सक्दैन तिनीहरु एमालेमा नै आउछ ’ । सुर्य पुर्वबाट उदाउछ त्यो संकते नवलपरासीको पुर्वले संकेत गरेको छ उहाँले बताउनु भयो । एमाले जिल्ला अध्यक्ष तिलक महतले टिका लगाएर अर्याल सहितका एमाओवादी र काँग्रेसका कार्यकर्तालाई एमालेमा स्वागत गर्नु भएको थियो । 

एकीकृत नेकपा माओवादीका नारायण ठकुरी, भोजजकुमार थापा, धनबहादुर कुमाल, प्रेम पुलामी, बुद्ध मस्याङ्गी, कमल महत्तो, धनबहादुर बिश्वकर्मा, हिरा रोकाय, सुरज, थापा, लक्ष्मण महत्तो, बिशाल, अमर थनेत, र अनुप पौडेल, सविन श्रेष्ठ, रविन कण्डेल, र भुवन भट्टराई, कृष्ण थनेत लगाएका रहेका छन् । त्यसैगरी काँग्रेसबाट एमालेमा १५ जना प्रबेश गरे का छन् । 

२२ बर्ष सम्म काँग्रेसले जितेको नवलपरासी १ मा यस पटक किल्ला तोड्ने भन्दै एमाले कार्यकर्ताहरु लागि परेका छन् । आफ्नो राजनैतिक र विकासे प्रतिबद्धता सहित एमाले उमेद्वार दीपक अधिकारी मतदाताको घरमा पुग्दा उनीहरु उत्साही भएका छन् । फोटो ः एकीकृत नेकपा माओवादीका नवलपरासी क्षेत्र नं १ का बाँगी उमे द्वार रामुकान्त अर्याल एमालेमा प्रबेश गर्दै ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com