प्रेस-विज्ञप्ति, कथित् चुनाव स्थगन गर्न कार्त्तिक ११ गते लिम्बुवान बन्दको घोषणा: I

 काठमाण्डौ कार्तिक ९,

प्रेस-विज्ञप्ति

देशको सिमाना रक्षाको जिम्मेवारी पाएको नेपाली सेनालाई संविधान सभाजस्तो लोकतान्त्रिक चुनावमा परिचालन गरेर भय, त्रास र आतङ्क सृजना गरी सार्थक संविधान सभाको पक्षमा लडिरहेको मञ्च सम्बद्ध  संघीय लिम्बुवान राज्य परिषदका सयौं कार्यकर्ताहरुलाई चिया पिरहेको र खेतबारीमा काम गरिरहेको अवस्थामा गिरफ्तार गरी झुठा मुद्धाहरु लगाइएको छ 

यसरी हालसम्म गिरफ्तारीमा रहेका मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताहररू निम्नानुसर रहेका छन्-

१.       के. स.: संगम खनाल, पान्थर

२.       पान्थर जिल्ला अध्यक्ष: लाबाहाङ  चेम्जोङ

३.       क्षेत्रीय अध्यक्ष: गोबिन्द योङहाङ, इलाम

४.       एलभी: भुपेन्द्र योङहाङ, इलाम

५.       शान्तिनगर उपाध्यक्ष: रणकुमार फुरुम्बो, झापा

६.       हिमाल प्रधान, झापा

७.       मनिष ताप्मादेन, झापा

८.       मंगलसिङ लिम्बु, झापा

९.       ज्ञानु राई, झापा

१०.   दिनेश लिम्बु, झापा

११.   झापा जि. स.: बिशाल आङदेम्बे, झापा काकडभित्ता

१२.   क्षेत्रीय अध्यक्ष पूर्णबहादुर योङहाङ, झापा

१३.   काकडभित्ता अध्यक्ष: लिलानाथ आङदेम्बे

१४.   काकडभित्ता उपाध्यक्ष: प्रकाश गुरुङ

१५.   काकडभित्ता सचिव: चन्द्रकुमार राई

१६.   बिबेक लिम्बु, झापा

१७.   याकुम बिनोद तुम्बाहाम्फे, झापा

१८.   राजेन्द्र लाबुङ, पृथ्वीनगर झापा


अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य एवम् पहिचान सहितको संघीय गणतान्त्रिक संविधान बन्ने सुनिश्चित होस् र सबै पार्टीहरुले चुनावमा भाग लिन सक्ने गरी चुनावको नयाँ मिति निर्धारण गरियोस् 

यसको लागि खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजिनामा गरी सर्वदलीय गोलमेच सम्मेलन गरियोस् भन्ने लिम्बुवानको माग हो 

उपरोक्त जायज र संवैधानिक मागहरु लिएर अघि बढिरहेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दलको आवाजलाई  दबाउन नेपाली सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ  सेनाको सक्रिय घेराभित्र कस्तो चुनाव होला ? देशको अन्तिम शक्ति सेनाले सुरक्षा दिनुपर्ने अवस्था आएको छ भनेपछि कत्रो राजनैतिक शक्तिहरु चुनाव बाहिर छन् ? यो साधारण मान्छेले पनि बुझ्ने कुरा हो 

त्यसैले, ४ दलीय सिन्डिकेटले अघि सारेको मङ्सिर ४ को कथित् चुनाव सार्थक संविधान बनाउनको लागि नभई संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता लगायतका राजनैतिक उपलब्धिहरुलाई सिध्याउनको लागि हो 

लिम्बुवानका पक्राउ गरिएका नेता तथा कार्यकर्ताहरुलाई बिनासर्त तत्काल रिहाई गरी मङ्सिर ४ को कथित् चुनावलाई  स्थगन गरेर देशलाई थप भिडन्तबाट बचाउनको लागि मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले यही कार्तिक ११ गते नौ जिल्ला लिम्बुवान बन्द को घोषाणा गरेको छ 

यस शान्तिपूर्ण बन्दलाई लिम्बुवानजन्य सबै संगठनहरुबाट ऐक्यवाद्धताको लागि समेत आह्वान गर्दछौं | र, त्यही आन्दोलनको बिन्दुबाट बृहत् लिम्बुवान मोर्चा निर्माणको यात्रा शुरुहुने र त्यस कार्यलाई मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले सहजीकरण गर्ने समेत उद्घोष गर्दछौं 

कार्तिक ११ को यस लिम्बुवान बन्दको आन्दोलनलाई सफल बनाउन सम्पूर्ण लिम्बुवानवासी जनसमुदाया तथा देश-विदेशमा रहनुहुने  तमाम लिम्बुवानी नेता, कार्यकता र शुभेच्छुकहरुमा हार्दिक आग्रह गर्दछौं 

जय लिम्बुवान ! संघीय अभिभादन !


कुमार लिङ्देन 'मिराक'
के. अध्यक्ष
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद
मिति: २०७०|०७|०९ 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com