चुनावी प्रचार प्रसारका क्रममा झडप I

काठमाण्डौ कार्तिक ९,

चुनावी प्रचार प्रसारका क्रममा माडीको अयोध्यापुरीको टम्टामा एकिकृत नेकपा माओवादी र नेकपा एमालेका कार्यकर्ताबिच झडप भएको छ । झडपमा परि एमाले तर्फ ६ जना र माओवादी तर्फ २ जना कार्यकर्ता घाईते भएको दावी गरेका छन् ।

एकिकृत नेकपा माओवादीले आफुहरुको मोटरसाईकल ¥याली टोली माथि टम्टा पुग्दा एमालेका कार्यकर्ताले बाटो अवरोध गरि चुनाव प्रचार प्रसारमा रहेको गाडी र २ वटा मोटरसाईकलमा क्षति पुराएको जनाएको छ । पाटी क्षेत्रिय संयोजक मधुसुदन सापकोटाले जारी गर्नुभएको विज्ञप्तीमा एमालेले यस्तै गतिविधि दोहोराए उ संग भौतिक मुठभेड हुन सक्ने चेतावनी दिईएको छ ।

त्यस्तै वाईसिएल क्षेत्रिय संयोजक रामबन्धु पोख्रेल र ईलाका संयोजक सन्तोष पनेरुले जारी गर्नुभएको विज्ञप्तीमा वाईसिएलले आक्रमण गरेको भन्ने दुष्प्रचारको खण्डन गर्दै यस्ता कुरामा विश्वास नगर्न आग्रह गरिएको छ । तर यता नेकपा एमालेले भनै एमाओवादीले सुनियोजित रुपमा आफ्ना कार्यकर्ता माथि आक्रमण गरेको आरोप लगाएको छ ।

शान्तिपुर्ण चुनावी अभियान थाल्दै गर्दा अयोध्यापुरीको टम्टामा माओवादीले एकाएक जंगली शैलीमा आक्रमण गरेको बताएको छ । एमाले कल्याणपुरका अध्यक्ष विष्णु प्रसाद आचार्यले जारी गर्नुभएको विज्ञप्तीमा आफ्ना कार्यकर्तालाई बाटै छेकेर ६ जनालाई घाईते बनाएको उल्लेख छ । साथै अझैसम्म पनि विगतमा झैं धाक , धम्कीबाट चुनाव जित्ने दिवासपना नदेख्न पनि सचेत गर्दछौं,,, विज्ञप्तीमा भनिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com