गज़ल : By, कोमल भट्ट



गज़ल

देश हाम्रो लुटेर नै ध्वस्त पारे पिशाचले
तुच्छ बन्दै बिकेर नै ध्वस्त पारे पिशाचले

 वीर पुर्खा खटे सधैँ रक्त झण्डा रँगाउन
कीर्ति उन्को भुलेर नै ध्वस्त पारे पिशाचले

 फूल फुल्थे सुवासिला स्वर्ग हुन्थ्यो जताततै
कोपिला ती चुँडेर नै ध्वस्त पारे पिशाचले

 गर्छु भन्थे बिकास खै ? झूट बोल्दै लुके सबै
भित्र भित्रै चुसेर नै ध्वस्त पारे पिशाचले

लाज शर्मै गए कता ? रैछ कालो विचारमा
बारबारै लुछेर नै ध्वस्त पारे पिशाचले

 न्याय निष्ठा बिदा भए सोच पापी बने पछि
जाल झेलै गरेर नै ध्वस्त पारे पिशाचले

छन्द - मारियाङ (४ - ४ अक्षरमा विश्राम)

    कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com