चितवनमा एमाओवादीको चुनावी महोल तीव्र I

चितवन कार्तिक ३ 

संविधान बनाउन एमाओवादीलाई विजयी गराऊ ः शेरचन राजेन्द्र आचार्य चितवन । दोश्रो संविधानसभाको चुनावमा आफ्नो उम्मेदवारलाई विजयी गराउन एनेकपा माओवादी चितवनले जिल्लाको सबै क्षेत्रमा चुनावी माहोललाई तिव्रता दिएको छ । एमाओवादीले चुनावी अभियान अन्तर्गत पाँच वटै क्षेत्रमा घरदैलो र प्रसार–प्रचारको कार्यलाई व्यापक तिव्रता दिएको एमाओवादी जिल्ला संयोजक घनश्याम दाहाल अभिनाशले जानकारी दिए । 

जिल्लाको चुनावी क्षेत्र नं. १ देखि ५ सम्ममा एनेकपा माओवादीको तर्फबाट चुनिएका सभासदहरुको टोलीले पार्टीले जारी गरेको घोषण पत्र लिएर घर दैलो कार्यक्रमममा व्यस्त भईरहेका छन् । घरदैलोसगै एमाओवादीले बजारका व्यापारी, समर्थक, शुभचिन्तक र मतदातासँग छलफल र अन्र्तक्रिया कार्यक्रमलाई समेत तिव्रता दिएका छन् । पहिलो सविधान सभाका चुनावमा जस्तै विजय हासिल गर्न एनेकपा माओवादी सभासदको टोली जनताहरुको घर दैलोमा गई र गरिब निमुखाका खेतमा गई काम गरी भोट माग्ने गरेको एकिृकत नेकपा माओवादी क्षेत्र नम्बर २ प्रसार–प्रचार समिति कि संयोजक संगिता भटराईले जानकारी दिईन् । 

जहाँ एमाओवादीका उम्मेदवार पुग्छन् त्यहाँ सबै जनताले फेरि एमाओवादीलाई नै विजयी गराउने प्रतिवद्ध व्यक्त गरेको उनले बताईन् । चुनावी अभियानमा एमाओवादी क्षेत्र १ का उम्मेदवार यम बहादुर परियार, क्षेत्र नम्बर २ का उम्मेदवार विश्वभक्त दुलाल, क्षेत्र नम्बर ३ का उम्मेदवार नारायण दाहाल, क्षेत्र नम्बर ४ का उम्मेदवार चित्र बहादुर श्रेष्ठ र क्षेत्र ५ का उम्मेदवार अमिक शेरचन गाउका घर–घरमा पुगी एमाओवादीको चुनावी एजेण्डा र संविधान निर्माणका एमाओवादी उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गरेका छन् । घरदैलो र प्रसार–प्रचार उनीहरुले जनताका समस्या र संविधानसभामा उनीहरुले चाहेको एजेण्डा समेत बुझि रहेका छन् । एकीकृत नेकपा माओवादी चितवनले दोश्रो संविधान सभाको निर्वाचनमा आप्mनो पार्टीलाई बहुमत दिलाउनको लागि घर–दैलोसहित भेटघाट कार्यक्रमलाई थप तीव्र पारेका जनाएको छ । 

जनताको घर दैलोमा आफु पुग्दा एनेकपा माओवादीप्रति पहिलाको जस्तै उत्साह जनतामा यथावत रहेको र यो पटकको चुनावमा पनि आप्mनो जित निश्चित भएको एमाअ‍ेवादी चितवनको संयोजक घानश्याम दाहाल अविनाशको भनाई छ । यसैविच एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर दुई चितवनले पुर्वी चितवनको रत्ननगरमा चुनाव प्रचार सम्र्पक कार्यालय स्थापना गरेको छ । रत्ननगर–१ टाडी बजारमा स्थापना गरेको सम्र्पक कार्यालयको एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर दुईका उम्मेदवार विश्वभक्त दुलाल आहुतीले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै ताम्सालिङ राज्य समिति इन्चार्ज समेत रहेका नेता आहुतीले वर्वादीतिर गईरहेको देशलाई कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता एमाओवादीलाई मात्र रहेको बताए । देशलाई जोगाउन एमाओवादी मात्र समक्ष पार्टी रहेको भन्दै उनले आगामी संविधान सभाको निर्वाचन माओवादीलाई साँगेको दिन रहेको बताए । 

नेता आहुतीले स्थानियस्तरमा एक आना जग्गा किन्दैमा स्थानियनहने भन्दै राष्ट्रियताको चिन्ता लिने जो कोही व्यक्ती स्थानिय हुने बताए । सम्र्पक कार्यालय स्थापनासंगै क्षेत्र नम्वर दुईमा आईतबारदेखि औपचारिक रुपमा चुनावी प्रचारप्रसार सुरुभएको आहुतीले घोषणा गरे । यस्तै चुनावी अभियान अन्र्तगत एमओवादी क्षेत्र नं. ४ प्रचार प्रसार समितिको संयोजक पवित्रा रिजाल स्मृतिको अध्यक्षतामा बसेको बैठकले टोल वडा गाउँ गाउँसम्म एमाओवादीका उम्मेदवार चित्र बहादुर श्रेष्ठलाई जिताउन प्रचार प्रसारलाई तिव्र पारेको निर्णय गरेको छ । बैठकले जनताको मनको पार्टीको एजेन्डा पु¥याउने, दिपावली एवम् छठको शुभकामना आदानप्रदान गर्ने निर्णय समेत गरेको निर्वाचन मुल परिचालन समितिका संयोजक सुदर्शन पौडेल प्रज्जजलले जानकारी दिए । 

उम्मेदवार श्रेष्ठलाई विजयी गराउन स्मृतिको संयोजकत्वमा एक सय एक सदस्ययी प्रसार प्रचार समिति तथा क्षेत्रिय संयोजक प्रज्वलको संयोजकत्वमा एक हजार एक सय एक सदस्यि निर्वाचन मुल परिचालन समिति पनि गठन गरिएको जनाकारी दिए । उता क्षेत्र नम्बर ३ का उम्मेदवार नारायणप्रसाद दाहालले पनि आफ्ना क्षेत्र व्यापक तदारुपताका साथ चुनावी अभियानमा खटिएका छन् । क्षेत्र ३ का उम्मेद्वार दाहालले भरतपुर–१, २ र ३ मा चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गरि सोही क्षेत्रमा घरदैलो कार्यको आरम्भ गरेका छन् । कार्यालय उद्घाटन पछि शुरु भएकोे घरदैलो कार्यक्रममा सयौं स्थानिय बासिन्दाको सहभागीता रहेको थियो । घरदैलो कार्यक्रमकोे नेतृत्व गरेका दाहाल हात जोडेर आफुलाई भोट माग्न कार्यकर्ताको माझ मुख्य सडक क्षेत्र देखि घरघरमा पुगेका थिए । यसैगरि क्षेत्र नम्बर ५ का उम्मेदवार अमिक शेरचनले पहिचान सहितको संघियताको विषयमा सहमति जुट्न नसक्दा तोकिएको समयमा संविधान जारी गर्न नसकेको वताए । 

एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर ५ को विभिन्न ठाउँका चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गदै यस्तो बताएका हुन् । उनले नेपाली काग्रेस र नेकपा एमालेको आन्तरीक द्धन्द्धका कारण पहिचान सहितको संघियतामा सहमति नजुटेको भन्दै उहाले अव एकिकृत नेकपा माओवादीले वहुमत प्राप्त गरेको खण्डमा मात्रै जनपक्षिय संविधान जारी हुने ठोकुवा गरे । उनले संविधान बनाउन माओवादीलाई बहुमत दिन आग्रह समेत गरे । उनी विशेष माडी क्षेत्रको घरदैलोमा दिनरात गरि जनताको घर–घरमा गई जनता एमाओवादीको स्पष्ट ऐजेण्डा बारे प्रस्ट पारि रहेका छन् । गाउँ–गाउमा एमाओवादी प्रवेशको लहर बद्दै करुण देवकोटा भरतपुर । एकीकृत नेकपा (माओवादी) चितवनको सबै निर्वाचनन क्षेत्रमा पार्टी प्रवेशको लहर नै चलेको छ । चुनाव एमाओवादीलाई बहुमत सहित विजयी गराउन थालिएको प्रसार–प्रचार समितिको कार्यालय उद्धघाटन एवं घरदैलो अभियानमा नेकपा–माओवादी एमाले, काँग्रेस परित्याग गरि एमाओवादीमा प्रवेश गरेका छन् । 

एमाओवादी चितवनका संयोजक घनश्याम दाहाल अविनाशका अनुसार चितवन गएको एक हत्ता भित्र २०० बढी एमाओवादीमा प्रवेश गरेको जानकारी दिए । पार्टी लहरसगै आईतबार चितवनको क्षेत्र नम्बर २ मा आईतबार गरिएको प्रसार–प्रचार समितिको सम्पर्क कार्यालय स्थापनासंगै क्षेत्र नम्वर २ मा कार्यक्रममा नेकपा माओवादी राज्य समिति सदस्य गोविन्दपौडेल पिताम्वर नेकपा माओवादी परित्याग गरि एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्दै पौडेलले नेकपा माओवादी आत्मघाती पार्टी भएकाले आफु एकिकृत नेकपा माओवादीमा प्रवेश गरेको बताए । सो अवसरमा जनस्वमय सेवक शक्तीखोरका उपाध्यक्ष असिम ढुङ्गाना पनि एकिकृत नेकपा माओवादीमा गरेका थिए । उनीहरुसगैं सो अवसर ३० जना नेकपा–माओवादी, एमाले र काग्रेस परित्यारि एमाओवादीमा प्रवेश गरेको क्षेत्र २ का संयोजक विष्णुहरि तिमिल्सिनाले जानकारी दिए । यस्तै क्षेत्र १ को घरदैलोमा चेपाङ्ग राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष गोविन्द चेपाङ्ग समेत एमाओवादीमा प्रवेश गरेको छन् । 

उनले एमाओवादी पार्टी मात्रै देश भक्ति र देशको रक्षा गर्न सक्ने भएको आफुले सो मार्चालाई नै एमाओवादीमा समाहित गरेको बताए । यस्तै क्षेत्र ३ मा पनि एमाले चितवनका यम चेपाङ्ग एमाओवादी प्रवेश गरेका छन् । उनले एमालेले राष्ट्रियता भुलेर भष्ट्र भएकोले एमाओवादी प्रवेश गरेको प्रतिक्रिया दिए । शनिबार एमाओवादीको प्रतिवदतापत्र सार्वजनिक भएलगत्तै एमाओवादीप्रति आकर्षण बढेको नवप्रवेशीले बताएका छन् । जनताको संविधान बनाउन एमाओवादी पार्टीलाई बहुमत आवश्यक भएको भन्दै नवप्रवेशीले एमाओवादीलाई सहयोग गर्न सवैलाई आग्रह समेत गरेका छन् । उम्मेदवार पोख्रेल कबिलासमा कविलास । नेकपा एमाले चितवन क्षेत्र नम्वर ३ को चुनावी अभियान अन्तरगत आईतबार कबिलास र भरतपुर नगरपालिका वडा नम्वर ११ मा सम्पर्क कार्यलय स्थापना भएको छ ।

भनपा–११ को चुनावी सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा पार्टीका राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य बिजय सुवेदी, उम्मेदवार कृष्णभक्त पोख्रेल, जिल्ला सचिव तेजेन्द्र खड्का, पूर्व सभासद शारदा कुमाल लगायतले मन्तव्य राखेका थिए । त्यसैगरी क्षेत्र नम्वर ३ का उम्मेदवार कृष्णभक्त पोख्रेलले कविलासमा सम्पर्क कार्यलय उद्घाटन तथा घरदैलो गरे । पार्टी गांउकमिटिका अध्यक्ष धम्कीलाल गुरुंगको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेताहरु शैलेन्द्र पिया, शारदा कुमाल, नारायणप्रसाद अधिकारी, पूर्ण बहादुर श्रेष्ठ, रामबहादुर राना लगायतले बोलेका थिए । कविलासको जुगेडी, सिमलताल र भोर्लेमा उम्मेदवार पोख्रेलले घरदैलो गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com