तेलअभिव आश्विन ३०,
यात्री लिम्बु (इज़रायल) : न्याय र समानताको लागि, सबैखाले उत्पीडन र विभेदको समुल अन्त्यको लागि “ पहिचान सहितको संघीयता र संघीयता सहितको संबिधान “ भन्ने मूल नाराको साथमा “ सङ्घीय समाजवादी पार्टी, नेपाल “ जिम्मेवार र कर्तब्यबोधका साथ सङ्घीयता बाट जातीय मुक्ति र समाजबाद बाट बर्गीय मुक्तिको ग्यारेन्टी गरिने प्रतिबद्धता लिएर ऐतिहासिक दोस्रो संबिधान सभा निर्वाचनमा सहभागी भैरहेको कुरा सर्वबिधितै छ ।
यसै बिषयमा केन्द्रित रहेर ‘नेपाली सङ्घीय समाज इजरायल’ को अध्यक्ष यूव राज राई को अध्यक्षतामा र केन्द्रीय प्रतिनिधि तथा संस्थापक संयोजक सुन्दर सिंह लामा तामाङको प्रमुख आतिथ्यमा गत ११ अक्टुबर २०१३ शुक्रबार साँझ तेल अभिबको लेवेन्सकी पार्कमा आम भेला ‘नेपाली सङ्घीय समाज इजरायल’ ले सफलता पुर्वक सम्पन्न गर्यो ।
उक्त भेलामा विभिन्न वक्ताहरुले आ-आफ्नो विचार व्यक्त गर्दै देश र जनता प्रतिको माया मुटुमा बोकेर प्रवासमा कर्म गर्नु पर्ने बाध्यता भए पनि देशलाई अन्योलको जन्जिरबाट उन्मुक्ति दिन र हरेक एक एक नेपालीको हक अधिकार समानरुपले संविधानमा नै स्थापित गरी सबै खाले विभेद र उत्पीडन जरैदेखि फाल्न हामी युवाहरुको अत्यन्तै ठूलो भूमिका हुन्छ र त्यो जिम्मेवारी बहन गर्न हामी आफै अघि सरेर जानु पर्दछ भन्ने मान्यतामा उपस्थित सबै महानुभावहरुको एक मत रहेको थियो ।
यस सङ्घीय समाजवादी पार्टी नेपाल को शुभ चिन्तक तथा यसप्रति सघन आस्था राख्ने र आबस्यक परे नेतृत्वदायी भूमिकामा पनि खरो उत्रन सक्ने व्यक्तित्व तेन्जिन शेर्पाको पार्टी प्रति अत्यन्तै महत्व पूर्ण सल्लाह सुझाव रहेको थियो । त्यस्तै गरेर इतिहासमा विषेश दखल प्राप्त यानेकी मास्टर डिग्री प्राप्त बिशिष्ट व्यक्तित्व, बुद्धिजीबी अम्बेबर लिम्बुले आफ्नो मन्तव्य राख्ने क्रममा यो नविनतम गौरवशाली पार्टी सङ्घीय समाजवादी पार्टी, नेपाल नै आजको सबै भन्दा बैज्ञानिक र उत्कृष्ठ विचार भएको पार्टी हो भन्ने मान्यताको साथ आफ्नो बिषय राजनीति नभए पनि यस पार्टी प्रति गहिरो अस्था रहेको कुरा प्रकट गरेको थियो ।
उक्त कार्यक्रमका मुख्य अतिथि नेपाली संङघीय समाज इजरायलका संस्थापक संयोजक तथा केन्द्रिय प्रतिनिधि सुन्दर सिहं लामा तामाङले भेलामा उपस्थित सम्पूर्णलाई सम्बोधन गर्दै, ऐतिहासिकरुपमा दोस्रोपटक मंसिर ४ मा हुन् गैरहेको संविधान सभाको निर्वाचनमा संङ्घीय समाजवादी पार्टी, नेपाल निर्वाचनको महायज्ञमा होमी सकेकोले देश तथा विदेशमा रहनु हुने सम्पूर्ण संघीय प्रेमी अग्रगामी विचार बोक्ने आम नेपाली जनसमुदायहरुको आ-आफ्नो क्षेत्र बाट तन, मन र धनको सहयोग आवश्यकता रहेकोले समयमै सहयोग पुर्याउनको लागि सबैमा आग्रह अनुरोध गरेको थियो ।
आर्थिक सहयोगको निमित नेपाली संङघीय समाज, इजरायलले यो भेला बोलाएको र यो आर्थिक सहयोग अभियानले पार्टीलाई जनमूखी बनाउनेमा दुईमत नरहेको र आर्थिक सहयोगको निमित केन्द्रबाट औपचारिकरुपमा कुनै आधिकारिक खबर नआए पनि पार्टी प्रतिको कर्तव्य र दायित्व ठानी यो अभियानलाई सफल बनाउनको निमित भेलामा उपस्थित नेपाली संङघीय समाज, इजरायलका सम्पूर्ण पदाधिकारीहरु, बुद्धिजीबी, शुभ-चिन्तक, समर्थक महानुभावहरुलाई आर्थिक सहयोगको निमित विनम्र अनुरोध गर्दै, सोहि दिन आर्थिक सहयोग गर्नु हुने महानुभावहरुलाई प्रमुख अतिथि तामांगले धन्यबाद ज्ञापन गरेको थियो ।
कार्यक्रमको अन्तमा सो भेलाको सभापति एवं नेपाली संङ्घीय समाज इजरायलका अध्यक्ष यूवराज राई ले भेला अत्यन्तै सफल रहेको र आगामी दिनहरुमा पनि सबैको अझ सशक्त साथ पाउने विश्वास व्यक्त गर्दै, केन्द्रिय प्रतिनिधि लगायत सम्पूर्ण पदाधिकारीहरु, बुद्धिजीबी, समाजसेवी, महिला ,युवा नेपाली दिदीबहिनी तथा दाज्युभाईहरुमा कार्यक्रम सफल पारिदिनु भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै, आम भेला कार्यक्रमलाई समापन गरेको थियो । सो कार्यक्रम नेपाली संङ्घीय समाज, इजरायलका सचिव यात्री लिम्बु ले कार्यक्रमलाई अनुशासित र मर्यादित बनाउदै उत्साह पुर्वक कार्यक्रम संचालन गरेको थियो । सो कार्यक्रममा पार्टी प्रवेश गर्ने शान्ता लावती, चित्र कुमारी तामाङ, लक्ष्मी तामाङ, ग्रिश्मा राई र रमा बोहरा लाई संयोजक तथा केन्द्रिय प्रतिनिधि तामाङले साधारण सदस्य वितरण गरेको थियो । नव पार्टी प्रवेश सदस्यहरुलाई पार्टी प्रवेस गरेकोमा संयोजक तथा केन्द्रिय प्रतिनिधि तामाङले हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको थियो ।
पार्टी स्थापना भएको छोटो समयमा नै ठूलो पार्टीको रुपमा स्थापित यस पार्टीले ६७ जिल्लामा प्रतक्ष्य र सबै निर्वाचन क्षेत्रबाट समानुपातिकमा उम्मेदवार दिईसकेको छ । “ यथास्थिति र प्रतिगमन बिरुद्ध निर्णायक संघर्ष गरौँ । पहिचान सहितको सङ्घीय संविधान संबिधान सभा बाटै निर्माण गरौँ !” भन्ने चुनावी अपिल सहित जनमुखी कार्यक्रम लिएर जनताको घर दैलोमा जाने र जनताको मर्म र स्पन्दन सँग एकाकार हुने यस पार्टीलाई अत्यधिक बहुमतले बिजयी गराउनको निम्ति ‘ नेपाली सङ्घीय समाज इजरायल ‘ को यस आम भेलामा स्व-इच्छा र स्व-विवेकले “ सङ्घीय समाजवादी पार्टी,नेपाल “ लाई चुनावी खर्च स्वरूप आर्थिक सहयोग गर्ने भन्ने भेलामा सर्व सम्मतबाट निर्णय गरेको थियो ।
यसै नेपाली सङ्घीय समाज इजरायल को कोषाध्यक्ष दल बहादुर तामाङको संयोजनमा ३ सदश्यीय आर्थिक सहयोग संकलन समिति पनि गठन गरेको छ । सहयोग संकलनको शुरुवात सोहि आम भेलाकै दिन देखि गरिएको छ र सो दिन अत्यन्तै स्वतस्फुर्त रुपमा नेपाली रुपैयाँ करिब एक लाख संकलन भएको कुरा उल्लेख भएको छ| आर्थिक प्रदान गरी सहयोग गर्न हुने महानुभावहरुको नामावली केही समय पछि अबश्य प्रकाशित गर्ने छौं र आर्थिक सहयोग रकम प्रति पूर्ण रुपले पारदर्शी हुने छौं भन्ने पनि प्रतिबद्धता जाहेर भएको छ ।
न्याय र समानताको लागि , अधीकार र पहिचानको लागि अहोरात्र संघर्षरत नव उदियमान “ सङ्घीय समाजवादी पार्टी, नेपाल” लाई चुनावी आर्थिक सहयोगको लागि स्व-इच्छाले सकेको सहयोग गरिदिन हुन इजरायलमा कार्यरत सम्पूर्ण न्याय प्रेमी नेपालीहरुमा ‘ नेपाली सङ्घीय समाज, इजरायल ‘ हार्दिक हार्दिक अनुरोध गर्दछ भनि अपिल गरेको छ । यहाँहरुको सानो सहयोगले भोलिको सुनौलो संघीय नेपाल निर्माणको निमित ठुलो योगदान पुग्ने छ भन्ने कुरामा संङ्घीय समाजवादी पार्टी, नेपाल सदैव विश्वास राख्दछ । सहयोग गर्न इच्छुक महानुभावहरुले निम्न नम्बर हरुमा सम्पर्क गर्न ‘नेपाली सङ्घीय समाज इजरायल’ ले हार्दिक हार्दिक अनुरोध गरेको छ । आर्थिक सहयोग संकलन संयोजक दल बहादुर तामाङ :- 0545393090 आर्थिक सहयोग संकलन सदस्य सन्तोशी त्रिपाठी,:-0543919728 र आर्थिक सहयोग संकलन सदस्य यात्री लिम्बु :- 0545510627 ।