भर्जिनिया आश्विन ३०,
विजय थापा :अमेरिकाको सन् फ्रान्सिस्कोमा उत्तर क्यालिफोर्नियाका संगठित युवाहरुले कतारका नेपालीहरुको श्रमशोषणको बिरुद्धमा शान्ति पूर्ण नारा लगाउदै जुलुससभाको आयोजना गरेका छन ।
बिशेष आगामी सन् २०२२ मा आयोजना हुन गैरहेको बिश्वकप भकुण्डो प्रतियोगिताको लागि अत्याधुनिक रंगशालाहरु निर्माण गर्न खटिएका नेपाली श्रमिकको श्रम शोषणको बिरोध गर्दै "हामी निसाफ चाहान्छौ, शोषण बन्द गर, नो मोर डेथ, यदि निसाफ छैन भने फिफा पनि छैन।"

भन्ने नाराले गुन्जयमान भएको थियो । नेपाली श्रमिकहरुको हक, अधिकारको लागि यहिँ अक्टोबर १३ तारिख बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म जुलुससभाको आयोजना गरिएको थियो । करिब १५ हजार जनाको डिजिटल (अंकीय) हस्ताक्षर पुर्याई सकेका युवा वर्गले एक लाख निबेदन निबेदन पुर्याउने लक्ष्य लिएको जानकारी दिईएको छ ।
छिटै संयुक्त राष्ट्रसंघका लागि कतार स्थाई नियोगको कार्यालयमा शान्तिपूर्ण नाराजुलुस गर्दै कतारमा काम गर्ने सम्पूर्ण कामदारहरुलाई मानबीय तरिकाको काम गर्ने अवस्थाको ब्यबस्था गर्न, कामदारहरुले उनिहरुले चाहेको बेलामा काम छोड्न पाउने सुबिधा दिन, कामदारहरुलाई उचित र जिउन सक्ने तहको ज्याला प्रदान गर्न, कामदारको कार्य क्षेत्रमा सुरक्षा व्यवस्था अपनाउन, कामदारहरुको तलब रोकेर नराख्न र समयमा भुक्तान गर्न तथा कामदारहरुको राहदानी खोसेर मालिकले नराख्न जस्ता माग राख्दै डिजिटल(अंकीय) हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउने उदेस्य रहेकोले जानकारी गराईएको छ ।
यस अभियानमा भर्खर मात्रै न्यु योर्क बाट २४ सै घण्टा संचालनमा रहेको व्हाइट हिमाल टेलीभिजनले सार्बजनिक सूचना मार्फत कतार बारेमा जानकारीमा ल्याएको थियो भने सरोकार वालाहरुलाई ध्यानाकर्षण गराउन न्यु योर्कमा पनि बिरोध प्रदर्शन गरिएको थियो । विश्व भरि छरिएर रहेका सबैलाई डिजिटल (अंकीय) दस्तखत अभियानमा साथ दिनु हुन् अनुरोध गर्दै सहयोग गर्न अपिल गरिएको छ ।
===>> For Video .....
http://www.chatautphotography.com/Featured/Protest-San-Francisco/i-xSLDdHg/A
http://www.change.org/petitions/end-slavery-of-nepalese-migrant-workers-in-qatar?share_id=ZAuAqzZXKy&utm_campaign=share_button_action_box&utm_medium=facebook&utm_source=share_petition