कविता प्रतियोगिताको लागि विश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखा सबैमा हार्दिक आव्हान गर्दछ I

तेलअभिव (इज़रायल) आश्विन ३०,

जिएफ़नल  : नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थान, संरक्षण तथा सम्बर्धन गर्ने प्रमूख उद्देश्यबाट स्थापित अन्तर्राष्ट्रिय विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले यही इजरायलमा कार्यरत नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै रहनु भएको साहित्य अनुरागी तथा साहित्य प्रेमीहरुका लागी "कविता" वाचन प्रतियोगिताको आयोजना गर्न गइरहेको छ । यो कविता प्रतियोगितामा भाग लिई आफ्नो सुनौलो अबसर उठाउनु हुन् सम्पूर्ण साहित्यनुरागी / साहित्यप्रेमी नेपाली दिदी बैनी तथा दाजु भाइहरुलाई आव्हान गरिन्छ ...।

१) कविता प्रतियोगिता फेब्रुवरी  १५ तारिक शनिवार दिउसो ११:०० देखि शुरु भै सक्ने छ ।

२) कविताको शिर्षक रहेको छ :  किन रोई रहेछिन जननी ?

३) "कविता "वाचन शुद्ध नेपाली भाषामा लेखिएको र देशको अबस्था राष्ट्र प्रेमले ओतप्रोत भएको हुनु पर्नेछ ।

४) कविता कुनै पनि पत्र पत्रिकामा प्रकाशित नभएको हुनु पर्ने छ

५) कविता वाचन गर्दा प्रष्ट हुनु पर्ने ,र कविता ६० देखि बढीमा ७५ लाइन सम्मको शव्द हरफ हुनु पर्नेछ ।

६) रचनाहरु अन्य कृति (विशेष गरी पुस्तक) हरुमा प्रकाशित नभएको हुनु पर्ने छ।

७)  रचनाहरुमा व्यक्ति विशेषलाई आक्षेप नलागेको हुनु पर्ने छ।

८  कविताको - निष्पक्ष मूल्यांकनको लागि नेपाल बाट आउनु हुने साहित्यकार सर्जकहरु सम्मिलित तीन सदस्यीय मूल्याङ्कन निर्णायक समिति गठन गरिनेछ र उक्त समितिले गरेको निर्णय नै अन्तिम निर्णय हुनेछ।

५. प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने रचनालाई बिशेष पुस्कर तथा प्रमाण पत्र दिइनेछ ।

६. कविता वाचन प्रतियोगितामा भाग लिने रचनाकारले कविता पठाउनु हुदा साथमा आफ्नो नाम ठेगाना र पासपोर्ट साइजको एकप्रती फोटो र सहमति पत्र हाम्रो विश्व साहित्य महासंघको इमेल मा पठाउनु पर्नेछ।

७. पुरस्कार कविता वाचन प्रतियोगिता सकिना साथ् कार्यक्रम स्थल मै वितरण गरिने छ ।

८. पुरस्कृत प्रथम ,दोस्रो,तेस्रो ,चौथो हुनेको कबितालिया विश्व साहित्य महासंघ बाट निकालिने बुकमा पछी त्यो कविता समाबेश गरिने छ ! र दशौ सम्म राम्रो स्तरको कवितालाई पनि समाबेश गरिने छ ।

९. कविता १५ जनवरी अगावै प्राप्त हुनुपर्ने छ . . . .

१०. २०१४ जनवरी १५ पछाडि आएका कुनै पनि कविताहरुलाई प्रतियोगितामा समावेश गरिने छैन।

१२. तोकिएको समय अर्थात १५ जनवरी २०१४ सम्म प्राप्त कविताहरुमध्ये निर्णायक मण्डलले छानेको उत्कृष्ट १० रचनालाई संस्थाको फेसबुक वेप साइड बुकमा प्रकाशित गरिने छ।

१३. कविता वाचन प्रतियोगिता कार्यक्रममा १० वटा कवितालाई छानिने र सो छानिएको कविता पठाउने ब्यक्तिलाइ मात्र कविता वाचन गर्न दिइनेछ ।

१४. निर्णायकहरुले दिएको अंकको आधारमा क्रमश: प्रथम, द्वीतीय र तृतीय, चौथो छुट्याइने छ ।

१५. उत्कृष्ट कवितालाई संस्थाबाट निकालिने बुकमा वा स्मरिका र वेभसाइटमा प्रकाशित गरिनेछ ।

१६. प्रतियोगिले तोकिएको समयवधि भित्र आफूले भाग लिन चाहेको कविता संलग्न गरी प्रतिष्पर्धामा आफू सहभागी हुन चाहेको जानकारी सहितको पत्र माथि उल्लेखित ईमेलमा पठाउनुपर्नेछ ।


NOTE : यस प्रतियोगितामा इज़रायलमा रहनु हुनेहरु मात्र समेटिने छन् : धन्यवाद ।  

सम्पर्क : विश्व नेपाली साहित्य महासङ्घ  इजरायल शाखा
इमेल : saranepal48@gmail.com

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com