कविता, जिन्दगी र पर्वहरू : By, मीरा मन थापा



जिन्दगी र पर्वहरू
...
जब-जब चाड पर्वहरू आउँछन्
संगीहरू घरदेशको सम्झनामा रून्छन ,
रूनु हुन्न
हाम्रो वरिपरी बाचेका जीवनहरू पनि
हाम्रो आफ्नै हुन..
माटो र मुटुको रङ्ग कहाँ भिन्दा-भिन्दै हुन्छ र?
जीवन भोगाईका मार्गहरू उस्तै-उस्तै हुन्छन

हो,
एउटै भाषा र सस्कृति भएका मन मुटुहरू ,
केही दूरीमा छन ,
जसलाई हामी परदेशबाट देख्न मात्रै सक्दैनौ ,
देख्न मात्रै नस्कनु ,
आँशुको मूल फुटाउँने कारण बन्नै सक्दैन-बन्नु हुँदैन ,,
यो चिप्लिदै गरेको समयको खोकिलाबाट ,
आशा र विश्वासको रङ्ग चोरेर ,
यिनै वरिपरीका मनहरूसँग ,
रङ्गिन भएर रङ्गिनु पर्छ !!

खै किन-किन पर्वहरूमा म रूदिन
तर पर्वहरूमा मलाई मेरो जवानी मन पर्दैन,
म बालापनमा गएर मस्त सँग जिउछु ,
सबै भन्दा प्रिय बालापन ,
जहाँ नयाँ नानासँग संसारका ,
कुनै पनि बस्तुको प्रतिस्पर्धा हुनै सक्दैन,
कलीला र नाङ्गा पैतालाको डोब ,
यत्र-तत्र छोडेर
बेलुकी आमाको न्यानो काखमा ,
मस्त सँग निदाउनु भन्दा अर्को स्वर्गानुभूती ,
मैले अनुभव गर्न सकेको छैन !!

समय बगिरहन्छ ,
हामीले हरेक एक पललाई
उल्लासमय पर्व बनाएर जिउनु पर्छ ,
यि तिथी मिती तोकिएका पर्वहरू
कसैका लागि बिशालु सर्प नबनुन् ,
ता कि यिनको डसाईले
लाखौं झुपडीहरूमा ,
बर्षभरी नै शोकको बातावरण बनोस !
भड्किलो पर्वको पछी लागेर कोही नहिंड्नु ,
बरू यस्ता पर्वहरू पछी लगाएर हिंड्नु ,
ताकि आफ्नो चाल अनुरूप ,
यि पर्वहरू पछी-पछी हिडुन ,,

अनी त जिन्दगी सधैं उल्लासमय पर्व बन्नेछ !!
.
मध्यपुर्बी किनारबाट

 मीरा मन थापा
झापा नेपाल , हाल इज़रयल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com