“नारायणगढको नेवार समुदायको भोट खान्छु भन्नु दिवासप्न । ”

चितवन कार्तिक १३,  

नेकपा एमाले भनपा ३ को आज वसेको वडा भेलामा वोल्न स्थानिय एमाले नेताहरुले नारायणगढको नेवार समुदायको साम्प्रदायिक भोट खाएर जित्ने सपना नदेख्न अन्य दलका उम्मेदवारहरुलाई आग्रह गर ेका छन् । जात र भातका आधार मत हाल्ने संर्किणता नारायणगढका शिक्षित नेवार समुदायमा नरहेको भन्दै उनीहरुले मुख मिठो नवाउन आग्रह गरे । 

नेकपा एमाले जिल्ला कमिटिका सल्लाहाकार उधोग कुमार पिया, पवन कुमार पियाले आन्तरीक लोकतन्त्र मजबुद भएको दल, स्पष्ट एजेण्डा भएको र बिकासको स्पष्ट खाका भएको दल नेकपा एमालेको पक्षमा आपार सर्मथन र भोट हाल्न नारायणगढवासी आतुर र हेको वताए । एमाले उम्मेदवार उधोग कुमार पियाले भने – “मनको लड्डु खान जसले पनि पाउछ, मुख मिठ्याउन पनि पाउछ तर यस्तो भ्रममा नपर्न म आग्रह गर्न चाहान्छु”। केही उम्मेदवारले जातिय नारा उठाएर साइनो लगाएर म त्यही जातिको हो भन्दै मत खान्छु भन्नु दिवा सपना मात्र रहेको भन्र्दै अर्का सल्लाहाकार पवन कुमार पियाले भने– “कुनै उम्मेदवार नेवार हुर्दैमा नेवारको भोट आउछ भन्नु सचेत नारायणगढका नेवार समुदायको अपमान हो, हामी बुद्धि र विवेकले चल्ने मान्छे हौं कसैका लाहा छाप होइनौ ”। 

कार्यक्रमको बिशिष्ट अतिथि समेत रहेका एमाले राष्ट्रिय प्रतिनिधी परि षदका सदस्य शैलेन्द्र कुमार पियाले नारायणगढ बजारको मत यूवा जुझारु, कानुनबिद्, केही गर्न सक्ने उम्मेदवार कृष्णभक्त पोख्र ेलको पक्षमा जाने र पोख्रेललाई मत दिदा नै नारायणगढको हित र बिकास हुने वताए । कार्यक्रमका प्रमुख अतिथि एमाले क्षेत्र नः ३ का उम्मेदवार कृष्णभक्त पोख्रेलले, नारायणगढ बजार क्षेत्र नेपालकै मध्य भागमा रहेकोले यसलाई केन्द्र विन्दु वनाएर भौतिक विकासमा जोड दिने एजेण्डामा आफुसग मात्र रहेको दावी गरेका छन्। उहाँले चितवनलाई कुनै पनि हालतमा टुक्राउन नदिने भन्र्दै उधोग बाणिज्य संघ चितवनले वनाएको गुरुयोजना अनुसारको बिकासमा जोड दिने वताए । 

यूवा, ब्यापारी, महिला, नारायणगढका मुल्लिम समुदायको बिकासका लागि आफु अहोरात्र खटिने पनि पोख्रे लले प्रतिबद्धता जाहेर गरेका छन् । पोख्रेलले भने– “यो क्षेत्रवाट बिजयी भएपछि म टुरिष्ट जस्तो वनेर घुम्नका लागि मात्र म चितवन आउने छैन्, यो मेरो घर हो यो मेरो माटो हो यहाँका जनतामा मेरा आफन्त हुन म सुख दुःखको साथी हुँ ।” एमाले भनपा वडा नः ३ निर्वाचन परिचालन कमिटीका संयोजक शुक्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा यूवा संघका केन्द्रिय सदस्य प्र ल्हाद प्रधान, जिल्ला कमिटिका सदस्य उत्तम अधिकारी लागयतले वो ल्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com