चितवन कार्तिक १३,
नेकपा एमाले निर्वाचन क्षेत्र नं. एक चितवनले चुनावी प्रचार प्रसारलाइ
तिब्रता दिएको छ । संविधान सभा निर्वाचन सदस्यका लागि मंसिरमा हुने
चुनावको प्रचारका लागि तिब्रता दिएको हो । क्षेत्र नं. एकका एमाले
उम्मेदवार सुरेन्द्र पाण्डेसहित एमालेका कार्यकर्ताहरुले वुधबार
विहान छ बजेदेखिनै घरदैलो तथा कोण सभा कार्यक्रम गरिएको छ ।
चुनावी प्रचारका क्रममा कुमरोज गाविस वडा नं. एकमा भएको को
णसभालाइ सम्वोधन गर्दै एमाले उम्मेद्वार सुरेन्द्र पाण्डेले
सामाजिक विकासका लागि आफ्नो पहल कदमी प्रभावकारी हुने
बताउनु भयो । उहाले निकुञ्जको आसपासमा वसोवास गर्दै
आएका स्थानीयवासीको समस्यालाई सम्वोधन गर्न आफू प्रतिवद्ध
भएको बताए ।
निकुञ्जका जनावरबाट पीडित भएकाहरुलाई उचीत र
ाहत र जनावरको आक्रमणलाई रोक्न सकिने उपाएका विषयमा
आफूले काम गर्ने बताउनु भयो । उहाले चितवन राष्ट्रिय निकुञ्जमा
रहेको विश्वमानै दुर्लभ एक सिंगे गैडाको वास स्थानलाइ सुरक्षित पादै
र्
पूर्वी क्षेत्रबाट पनि अवलोकन गर्न सकिने वानउनु पर्नेमा जोड
दिनु भयो । चितवनका गैडा वर्दिया निकुञ्जमा लैजाने परम्परा
भएकाले त्यसलाई केही कमगरी निकुञ्जको अर्को क्षेत्रमा लैजाने र
ग्रामिण वस्तीमा पर्यटकको चहल पहल बढ्ने बताउनु भयो ।
सौराहा,
जगतपुर, मेघौली, कसरालगायतको क्षेत्रबाट मात्र नभइ निकुञ्जको
अन्य क्षेत्रबाट पनि गैंडा, बाघ, हात्तीलगायतका जनावर हेर्न सकिने
अवस्था वनाउनु पर्नेमा जोड दिनु भयो । कोण सभामा सहभागी हुनु
भएका पूर्व अर्थ मन्त्री पाण्डेलाई स्थानीयले विकास निर्माण, आय
आर्जन, कृषि पेसाका समस्याका विषयमा जानकारी गराएका
थिए ।
स्थानीयको गुनासा लिएपछि नेता पाण्डेले निर्वाचनबाट
आफूलाई विजयी गराए स्थानीयले उठाएको मागका विषयमा
क्रमैवद्ध रुपमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा एमाले सचिवालय सदस्य इमानसिंह लामा, गोविन्द कडे
ल, दावा लामा लगायतले मन्तव्य राख्नु भएको थियो । घरदैलो
कार्यक्रम जारी रहेको छ ।