तेलअभिव भाद्र २६,
हेल्पिंग हेण्ड इन इजरायल द्वारा आयोजित तिज बिसेष साझ 'हरितालिका साझ २०७०,को लागि नेपाल बाट आउनु भएका राष्ट्रिय कलाकारहरु , हास्य व्यंग्य छेत्रका चर्चित दिपक राज गिरी, अहिले सबैको मन मुटुमा बस्न सफल चर्चित गायक शिव परियार, लोक गायिका टिका पुन र हाम्रो कार्यक्रमका उध्घोसक । चलचित्र निर्देशक सुमन दाहाल कार्यक्रमको भब्य सफलता पछी आज बिहान ५ बजे टुर्की एयरलाईन्स बाट नेपाल फर्की सक्नु भएको छ ।
हेल्पिंग हेण्डस इन इजरायल द्वार हिजो एक बिदाई कार्यक्रमको आयोजना गरि उहाँहरुलाई स-सम्मान विदाई गर्दै सुखद र शुभ यात्राको कामना गरेको छ । इज़रायाल्को ५ दिन बसाइ पछि हिजो बिहान चारै जना कलाकार हरु फकेका हुन् । इजरायलको छोटो बसाइमा पनि आफुहरु निकै भिजेको र समयले साथ् दिए फेरी आउने बताएको थिए कलाकारहरुले ।
बिदाइ पार्टीमा उहाँहरुले सबै प्रति धन्यवाद र विशेष गरि कार्यक्रम आयोजक हेल्पिङ्ग ह्यान्ड्स इन इज़रयल लाइ धन्यवाद तथा आभार व्यक्त गरे र सफलताको कामना दिए साथै नेपालमा हे.हे.को कुनै पनि कार्यक्रम भए आफुहरु त्यहाँ उपस्थित हुने प्रतिबद्धता पनि गरेका थिए ।