वीपी जयन्तीको अवसरमा रक्तदान तथा शतवार्षीकी कार्यक्रमको हार्दिक निमन्त्रणा I

काठमाण्डौ भाद्र २६,

नेपाली जनसम्पर्क समिति अमेरिका –भर्जिनिया च्याप्टरको आयोजनामा  नेपाली प्रजातान्त्रिक ईतिहासका महानपुरुष, बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका प्रथम  जन निर्वाचित प्रधानमन्त्री एवं राष्ट्रियता, लोकतन्त्र र समाजवाद सिद्धान्तका प्रतिपादक जननायक स्व. विश्वेश्वरप्रसाद कोइरालाको १०० औं जन्म दिन  को अवसरमा हुन गइरहेको बृहत रक्तदान तथा वी.पी. जयन्ती शतवार्षीकी कार्यक्रममा सम्पूर्ण नेपाली समुदाय र यस क्षेत्रमा रहेका नेपाली संघ संस्थाहरुलाई निम्नि मिति,समय र स्थानमा गरिमामय उपस्थितीका लागि हार्दिक अनुरोध गरिन्छ ।

 रक्तदान कार्यक्रम                                          
स्थान :  Fairfax Blood Donation Center

                    2720 Prosperity Ave

                      Fairfax, VA 22031 

  मिति:   September 14th, Saturday 2013
समय:  विहान को ८.०० बजे
बी.पी. जयन्ती शतवार्षीकी कार्यक्रम
स्थान :  Thomas Jefferson Library,

              7415 Arlington Blvd,

             Falls Church, VA 22042


मिति : September 14th, Saturday 2013
समय : दिनको १.०० बजे 


 आयोजक :
नेपाली जनसम्पर्क समिति अमेरिका- भर्जिनिया च्याप्टर

About Blood Donation
We all know ‘Blood’ Donation is the ‘Life’ Donation, and one pint of blood can save up to three lives.
Here are a few interesting facts about blood donation. Anyone in good health, 17 years or older and weighing over 110 lbs can donate blood every 56 days. It doesn't take more than 7 to 12 minutes. Donating blood doesn't decrease our strength. It is neither painful nor harmful. It takes only 24 hours to replace blood volume and plasma. Yet many of us are afraid of donating blood.

तपाइले एक पटक दान गर्नु भएको रगतले तीन जना बचाउन सकिन्छ |

रक्तदाता तथा स्वयमसेबक महानुभाबज्युहरु, 
तपाइले एकपटक दान गर्नु भएको रगतले तीन जना बचाउन सकिन्छ |  विश्व भरिमा यस बर्ष करीब  ९३ मिलिएन  ब्लड  युनिट आवश्यक पर्दछ | अमेरिकामा ७ मिलियन  रक्तादाताले ३० मिलियन  ब्लड कम्पोनेन्ट दान गर्दछन् |   

साधारणतया, एक बयस्क स्वस्थ मानब शरीरमा तौलको १/११ भाग रगत हुन्छ | अर्थात करिब १५० पाउन्डको तौल व्यक्तिको करिब ४ लिटर जति रगत हुन्छ भने भर्खर जन्मेको बच्चाको १ कप जति रगत हुन्छ |   

रक्तदान गर्ने व्यक्तिको उमेर १७ बर्ष (१६ बर्षको लागि अभिभाबक स्वीकृत लिनुपर्छ |) हुनुपर्छ | व्यक्तिको वजन कम्तिमा ११० पाउण्ड हुनुपर्छ/ शरीरमा हेमोग्लोबिनकोमात्रा १२.५ ग्राम प्रतिशत भन्दा बढी हुनुपर्दछ |  रक्तादाताको ब्लड प्रेशर कम्तिमा ११०/७० देखि बढीमा १६०/९५ मि.मि. मर्करी हुनुपर्दछ | शारीरिक परीक्षण गर्दा स्वस्थ हुनुपर्दछ | यसबाहेक स्वास्थ्य सम्बन्ध अन्य सोधिएका कुरामा पास भएमा मात्र रगत दान गर्न सकिन्छ | रक्तदान गर्दा ५ देखि ७ मिनेटसम्म लाग्न सक्छ |  

साधारणतया दान गरेको होल ब्लडबाट तीन तत्वलाई अलग गरि सम्बन्धित  बिरामीलाई उक्त तत्व संचार गरिन्छ | त्यसैले एक रक्तदानबाट ३ जनाको जीवन बचाउन सकिन्छ भनिएको हो | रक्तदाताहरुले होल ब्लड या यसका तत्वहरुमात्र पनि दान गर्न सक्छन | जस्तै रेड सेल्स, प्लाज्मा, प्लेट्लेट्स |  यस्तो दानको तरिकालाई एफेरिसिस भनिन्छ | स्वस्थ मानिसको हड्डी भित्रको बोनम्यारोले नियमितरुपमा ती तत्वहरु बनाइरहेका हुन्छन् |  

पहिलो पटकका रक्तदाताले थाहा पाउनुपर्ने कुराहरु:
अमेरिकामा करिब ३ बर्ष बसी पुन: नेपाल गएर आएको दिनमा पनि रक्तदान गर्न सकिन्छ | नेपालको काठमान्डू वा सो भन्दा उच्च भाग औलोरहित घोषणा गरिकोले रगत दिन मिल्छ | 
(१) रगत निकाल्नका लागि प्रयोग गरिने सुइदेखि डर लाग्न सक्छ, तर नडराउनुहोस् | तपाइको अलावा रक्तदान गर्नेहरुमा अरु पनि छन् | सुरुमा सुइले छुसुक्क घोचेको जस्तो महसुस हुन्छ र त्यसपछि केही दुख्दैन | 
(२) प्राय: जसो खानेकुराहरु खाँदा आइरन युक्त खानेकुरा खानुपर्छ |
(३) रक्तदान गर्नु अघि र पछि पनि प्रशस्त तरल पदार्थ पिउनु पर्दछ | यसले शरीरमा सुख्खापन हुनबाट बचाउछ | 
(४) रक्तदान गर्नु पूर्व स्वस्थ खानेकुरा खानु पर्दछ | सकभर चिल्लो खानेकुराहरु नखानुहोला |
(५) रक्तदान गर्ने ठाउमा आफ्नो फोटो भएको परिचयपत्र लिए र जानुपर्छ | 
(६) रक्तदान गर्ने अघिल्लो दिन बेलुका चाडै सुतेमा राम्रो | 
(७) रक्तदान गर्न जाने ठाउमा जाँदा सजिलो खालको सर्ट लगाएर गएमा राम्रो | रक्तदान गर्न बाहुला माथि सार्न सजिलो होस्  भनेर | 
(८) रक्तदान गर्ने बेड वा मेचमा सजिलोसंग बस्नुहोला | सकभर मनमा राम्रो कुरा मात्र लिनु भए राम्रो | 

(९) अन्त्यमा, बढो गौरवान्वितकासाथ रमाउदै आज मानब जीवन बचाउन सहयोग गरियो भन्ने सम्झनुहोला |  
 

थप जानकारीको लागि सम्पर्क :
 
 १) केसव बराल : 571-216-8951,

२) शारदा सिलवाल : 571-241-6132

३) रामशरण हुमागाँई : 484-744-6608

४) मनिन्द्र राज जोशी : 703-344-4408

५) मोहन घिमिरे : 571-212-1059

६) टंक दाहाल : 703-717-2539

७) सकुन्तला अधिकारी :  703-945-2523

८) भुवन भण्डारी : 202-329-7806

९) दीपक राना : 703-447-3285

१०) डम्बर सिंह कठाएत :  571-226-6833

११) मदन कुमार थापा : 703-474-9767

१२) प्रेम कुमार लिम्बु : 703-474-1656

१३) पदमराज पोख्रेल : 703-470-2356

१४) रुप कार्की : 703-470-7329

१५) यम प्रसाद कोइराला : 571-216-3324

१६) यशोधा देवी थापा : 703-220-0573


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com