समर्थन जुटाउदै ओबामा I

सेप्टेम्वर ११

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामाथि कारवाहीका लागि घरेलु तथा बाह्य समर्थन जुटाउने प्रयास जारी राखेका छन्  सिरियाले अगष्ट २१ मा रासायनिक हतियार प्रयोग गरी एक हजार चार सय भन्दा बढी नागरिकको हत्या गरेको भन्दै अमेरिकाले त्यहाँको रासायनिक हतियार नष्ट गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गर्दै आएको छ  यसैक्रममा मंगलवार साँझ राष्ट्रका नाममा सम्वोधन गर्दै ओबामाले सिमित सैन्य कारवाहीलाई समर्थन गरिदिन कंग्रेस र सम्पूर्ण नागरिकहरुलाई आग्रह गरे  

यस्तो सिमित सैन्य कारवाही रासायनिक हतियार नष्ट गर्न मात्र केन्द्रीत हुने र सिरियाको भूमिमा आफ्ना सेना नपठाउने सेनाका प्रमुख समेत रहेका राष्ट्रपति ओबामाले प्रष्ट पारे  १५ मिनेट लामो टेलिभिजन सम्वोधनका क्रममा ओबामाले सिरियाको सहयोगी रुससंग पनि कुटनीतिक वार्ता जारी रहेको भन्दै आफुले विदेशमन्त्री जोन केरीलाई बिहीवार उनका समकक्षीसंग वार्ता गर्न रुस पठाउन लागेको र आफु पनि रुसी राष्ट्रपति पुटिनसंग वार्तामा रहेको बताए  हामी अहिले युरोप,एशिया,मध्यपूर्वसहित बाँकी विश्वको सिरियाविरुद्ध समर्थन जुटाउन लागिपरेका छौं,सिरियामा रासायनिक हतियार प्रयोग गरेर मान्छे मार्ने काम भएको प्रमाण हामीसंग छ जुन अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार विपरित छ 

 त्यसैले बशर अल-असदले त्यहाँका सबै रासायनिक हतियार अन्तर्राष्ट्रिय समुदाय समक्ष बुझाउनुपर्छ नत्र हामी चुप लाग्ने छैनौं'चेतावनीको शैलीमा ओबामाले भने  उनले सिरियामाथिको सिमित सैन्य कारवाहीका लागि कुटनीतिक र राजनीतिक पहल सफल नभएमा आफ्ना सेनालाई तयारी अवस्थामा रहन पनि निर्देशन दिए  सिरियामाथिको सैन्य हस्तक्षेप अमेरिकी सुरक्षा हितका साथै आतंकबाद उन्मुलनको कदम हुने भन्दै ओबामाले सिरियामाथि सैन्य हस्तक्षेप नगरेमा बिश्वभर बिनाशकारी हतियारको प्रयोग बढ्ने दाबी समेत गरे । 

सिमित सैन्य कारवाही असद सरकारलाई संदेश दिन प्रशस्त हुने भन्दै ओबामाले यस्तो कारवाही अमेरिकी सुरक्षा हितका लागि पनि आवश्यक रहेको जिकिर गरे  राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरु अमेरिका,फ्रान्स र बेलायत सिरियाले आफ्नो रासायनिक हतियार विश्व समुदायसमक्ष नबुझाए सिरियाका विरुद्ध बल प्रयोग गर्ने प्रस्ताव तयार गर्दै छन् भने रुस चाहिं बल प्रयोग गर्ने प्रस्तावको विरोध गरिरहेको छ  दुई वर्ष अघिदेखिको द्वन्दमा सिरियामा हालसम्म एक लाखभन्दा बढी व्यक्ति मारिईसकेका छन् एजेन्सी,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com