अर्कालाई विस्वाश गर्दा उनि पुगिन् कोठी I

काठमाण्डौ आश्विन १,

नारीदर्पण : भारतको नयाँ दिल्ली स्थित वेष्यालय पुर्याइएकी सुर्खेतकी १९ बर्षीय एक युबतिको मिति नेपालले उद्धार गरेको छ । दिल्लेको जेबी रोड कोठी बाट ती युवतीलाई दिल्लीमै काम गरिरहेका दुई जना युवाहरुको सहयोगमा भारतीय प्रहरी सँग समन्वय गरि मिति नेपालले उद्धार गरेको हो ।

आफ्नो श्रीमान्ले सधैं कुटपिट गर्ने गरेका कारण श्रीमान सँग अलग हुने उदेष्यले अर्कालाई विस्वाश गर्दा वेश्यालयमा पुगेको ती युवतीले बताइन करिब तीन महिना सम्म नारकीय जिवान बाध्य भएकी थिइन । दिलिको जेबी रोडमा अझैं पनि करिब एक सय पचास नेपाली युवति रहेको उनले बताइन । आफन्तलाई ती युवति जिम्मा लगाइएको माइती नेपालले नेपाल्गजंका  संयोजक केशव कोइरालाले बताउनु भयो  । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com