रत्ननगर भदौ २२ ,
शिशिर सिंखडा : चितवन
राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं २ चितवनले आफ्नो
क्षेत्रको उम्मेदवारी घोषणा गरेको छ । सो पार्टी ले बुधबार
चितवनको रत्ननगर मा पत्रकार सम्मेलन गरी उम्मेदवारी घो
षणा गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं २ का अध्यक्ष देवर
ाज कँडेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्षे
त्र नम्बर २ बाट बलराम खनाल लाई उम्मेदवारी चयन गरि
एको बताइएको थियो ।
सो कार्यक्रममा क्षेत्र नंबर २ का
उम्म्ेदबार खनालले राष्ट्रियता र देश भक्त पक्षमा आफ्नो
पार्टीको चुनाब चिन्ह हलोमा मतदान गर्न सबै सग आग्रह गरे
का थिए ।
देश भक्त र राष्ट्रबादी आफ्नो पार्टी मात्र
भएकाले चुनावी प्रतिस्प्रधामा आफ्नो पार्टी अगाडि रहने
उम्मेदवार खनालले दावि गरे । गत संबिधान सभाको निर्वाचन
पछि संबिधान बन्न नसक्नु ठुला दल का कारण भएको भन्दै
खनालले यस पटकको चुनाबमा ति ठुला भनेका दलहरु संग
आफ्नो पार्टी प्रतिस्प्रधामा रहेको बताएका छन् ।
जनताको
पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र रहेको बताउदै
खनालले गत संबिधान सभाबाट संबिधान बन्न नसक्नुको अपजस
ठुला दलहरुले लिनुपर्ने बताए । राष्ट्र र राष्ट्रियताको पक्षमा
आफ्नो पार्टी रहेकोले चितवनबासीले राष्ट्रिय प्रजातन्त्र
पार्टीलाई जिताउनेमा आफु बिश्वस्त रहेको बताए । सो पत्रकार
सम्मेलनमा रत्ननगर नगर उपाध्यक्ष हरिशरण भट्टराई, क्षे
त्रीय सदस्य गणेश जंग रायमाझी, क्षेत्र नंबर १ का अध्यक्ष
शुशिल चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
सो पार्टी ले क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ
खनाल सहित बिजेन्द्र पाठक, कारी महतो, झलक भट्टराई,
कृष्ण बहादुर थापा र समानुपातिक तर्फ केयर सिंह परियार, को
पीला थापा र देवराज कडेल लाई सिफारिस गरिएको सो पत्रकार
सम्मेलनमा जानकारी गराईएको थियो ।