हरितालिका साझ २०७० इजरायलमा भव्य रुपमा सम्पन्न I

इजरायल सेप्टेम्बर ७,

हरितालिका साझ २०७० इजरायलमा भव्य रुपमा सम्पन्न भएको छ । हेल्पिंग हेण्ड इन इजरायल द्वारा आयोजित उक्त कार्यक्रममा नेपाल बाट आउनु भएका राष्ट्रिय कलाकारहरु ,हास्यअभिनेता दिपक राज गिरी, चर्चित गायक शिव परियार, लोक गायिका टिका पुन को जोडदार प्रस्तुति र चलचित्र निर्देशक सुमन दाहालको उध्घोसण बेजोड रहेको थियो । साथमा अन्तरास्ट्रिय कलाकार समाज इजरायल ,अन्तरास्ट्रिय कलाकार मंच इजरायलका कलाकारहरुको उत्कृस्ट प्रस्तुति रहेको थियो ।

हेल्पिंग हेन्ड्स इन इजरायलका सम्रक्षक् श्री मोहन कुमार श्रेष्ठ ज्यु को सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली राजदुतवास इजरायलका महामहिम राजदुत श्री प्रल्हाद कुमार प्रसाई ज्यु को प्रमुख आतिथ्यमा सम्पन कार्यक्रममा राजदूतावास परिवार ,इजरायलमा कार्यरत दिदि बहिनि तथा दाजुभाईहरु इज़रायल स्थित विभिन्न संघ संस्थाहरुको प्रतिनी ज्यु हरु र पत्रकार ज्यु हरुको भव्य उपस्थित रहेको थियो । उपस्थित महानुभावहरुलाई कार्यक्रमा स्वागत मन्तव्य संस्थाकी सदस्य श्रीमती बिस्नु बस्ताकोटी ज्यु ले राख्नु भएको थियो भने औपचारिक कार्यक्रमको संचालन सदस्य श्री कृष्ण निरौला ले गर्नु भएको थियो र सांकृतिक कार्यक्रमको संचालन निर्देशक श्री सुमन दाहाल ज्यु र संस्थाका सदस्य श्री सुर्य बस्याल ज्यु ले गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै महामहिम राजदुत श्री प्रल्हाद कुमार प्रसाई ज्यु ले हेल्पिंग हेण्डस इन इजरायलको उदाहरणीय कामको प्रसंसा गर्दै ,सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनि हरुलाई हरितालिका साझ २०७० सालको हार्दिक मंगलमय शुभकामना दिनु भएको थियो । साझ ८ बजे शुरु हुने भनिए पनि दरखाने कार्यक्रम आदिले गर्दा निर्धारित समय भन्दा १ घन्टा ढिलो कार्यक्रम शुरु भएको थियो , कार्यक्रमको शुरु देखि अन्त सम्ममा नै दर्शकले भरिएरी एको हल खचाखच थियो ।


कार्यक्रम सफल पार्न दिलो ज्यान दिएर हामीलाई सहयोग पुर्याउने सहयोगी मनहरु , दिदीबहिनी हरुलाई दर खुवाने कार्यक्रमका प्रयोजक श्री दिपक ओली जी लगाएत सहयोगी मनहरु , कार्यक्रमको लागि सहयोग प्रदान गर्दिनु, एनआरएन इजरायलका अध्क्षय श्री सुवास खरेल जी १००० सेकेल , श्रीकृष्ण प्रणामी गैर आवसीय नेपाली युवा परिषद इजरायल ५०१ सेकेल ,नेपाल आदिवासी जनजाती महासंग इजरायल २१० सेकेल , श्री मनोज खरेल जी ५०० सेकेल लगाएत सम्पूर्ण सहयोगीमनहरु ,इजरायलमा कार्यरत विभिन्न पेसा र ब्यबसाय गरेर बस्नु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरु, संग संस्थाका प्रतिनिधि ज्युहरु र पत्रकार ज्युहरु सम्पूर्णमा हेल्पिंग हेण्डस इन इजरायल परिवार ,, हार्दिक आभार व्यक्त गर्दछ ।

आगामी दिनहरुमा पनि यहि साथ र सहयोग मिल्नेछ र हामी संग हातेमालो गरिदिनुहुनेछ भने विश्वास लिएका छौ । अन्तमा पुन एक पटक यहाँहरु सबैमा २०७० सालको तिजको हार्दिक शुभकामना दिन चाहन्छौ |

'' हेल्पिंग हेन्ड्स इन इजरायल '' 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com