चितवन भदौ२२ ,
चितवनको रत्ननगर–१३ जयमंगलामा रहेका गामवेसीको चे
पाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालवालिका लाई आज
दर खुवाईएको छ ।
केन्द्रमा आश्रित जमुना चेपाङको संयो
जकत्वमा भएको दरखाने कार्यक्रममा विभिन्न परिकार
खानुका साथै विद्यार्थीहरुले मौलिक संस्कृति झल्कने तीजका
गीत गाएर नाचगान समेत गरेको केन्द्रका अध्यक्ष केपिकिरण
शर्माले जानकारी दिनुभयो ।
सो कार्यक्रममा विद्यार्थीहरु जिवन चेपाङ,विशाल चे
पाङ, सावित्री चेपाङ,समिना चेपाङ, सुन्दर चेपाङ,पत्रुस चे
पाङले प्रतियोगितात्मक तीज गीत तथा नृत्य प्रस्तुत गगरे
का थिए । केन्द्रका अध्यक्ष शर्माले आफनो संस्कृति प्र
ति वालवालिकालाई सचेत बनाउन चाड पर्वमा रितिरिवाज अनुसारका
कार्यक्रम गर्ने योजना अनुरुप तीजमा दर संगै प्रतियो
गितात्मक कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
प्रेस चौतारी चितवनका उपाध्यक्ष शिशिर सिंखडा प्रमुख अतिथि
रहनु भएको सो कार्यक्रममा पूर्वी चितवन पत्रकार मञ्चका
अध्यक्ष होमनाथ सापकोटा, कोषाध्यक्ष सुलभ बर्तौला,रेडियो
चितवनका पत्रकार लक्ष्मण सापकोटा लगायतले मन्तब्य व्यक्त
गरेका थिए । केन्द्रमा चितवन र मकवानपुरका ४७ जना चेपाङ
वालवालिकाहरु आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।