सुनको मूल्य ७ सय घट्यो I

काठमाडौ, भाद्र २८ ,

स्थानीय बजारमा बिहीबार सुनको भाउ ७ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन ८ अमेरिकी डलरले घटेको छ ।

बिहीबार प्रतितोला छापावाला सुन ५६ हजार ८ सय ३ (दस ग्राममा ४८ हजार ७ सय) रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला ५७ हजार ५ सय ३ (दस ग्राममा ४९ हजार ३ सय) रुपैयाँमा कारोबार भएको थियो । व्यवसायीका अनुसार बिहीबार डलर पनि ६५ पैसाले घटेकाले प्रभाव परेको हो ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com