भाद्र शुक्लपक्षको पंचमी "ऋषि पंचमी"जुन महिलाको लागी अति नै महत्व मानिन्छ । अँध्यारै मै तीन ,चार बजे बिहानै उठेर आफ्ना परिवार तथा छिमेकी साथीहरु संग रमाउदै नदीमा गई आफ्नो नित्य स्नान गरेर चोखिनु भन्दा पैला त्यहा विभिन्न विधिबाट बर्ष दिन भरि आफुले जानी नजानी गरेको पाप ,अर्थात् महिनामा हुने मिन्सको समय हुन् जाने छुइ छाई यो सबैका लागी मान्य होश वा नहोश ,आजको आधुनिक युगमा यस्ता कुरुतिलाई माकुराको झालोलाई पन्छाए झैँ बढ़ारेर फलेता पनि हाम्रो नेपाली हिन्दु समाजमा यसको अझै पनि महत्व छ ।
मिन्सको समय इस्त्री पुरुषको सम्पर्कलाई पनि स्वास्थको हिसाबले के कति राम्रो होला नहोला तर हाम्रो क्षेत्रि बाहुन मा त्यो बेलाको सम्पर्कलाई राम्रो मानिदैन सुन्ने गरेकाछौ विभिन्न कथाहरुमा त्यस्तो अबस्थामा रहन गएको गर्भ बाट हुने सन्तान रोगि तथा अपांग हुन्छन अरे । आज पनि बुडा बुडीहरुको मुखबाट सुन्न पाइन्छ । यो आधुनिक युगमा यसलाई मान्ने त् कमै होलान तर जुन हामी नेपाली हिन्दु धर्म संकार मान्दै, यसको जगर्ना गर्दै आएका नेपाली नारीहरुको लागी पुस्तौ देखि चल्दै आएको यो कर्मलाइ सबैले बिश्वाश गर्दै आएका छौ । ,हुन त महिला बिश्व भरि छन ,बैज्ञानिक युगमा पढे लेखेका तथा बिदेसिएका महिलाहरुको लागी आज देखा सिकी गर्दै विभिन्न धर्म परिणत गर्ने का लागी आफ्नो संस्कारलाई ढर्राको रुप लिदै आएता पनि हाम्रो समाजमा आज पनि यसको महिमा र बिश्वाश जीवित नै छ ।
बिदेसिहरुले पनि यस्ता कर्मलाइ आफ्नै तरिकाले गर्ने गर्दछन । जस्तै उनीहरु पनि त्यो महिना वारी भएको समयमा आफुले मान्ने इश्वर पुर्खाको सामु गएर बत्ति बाल्दैन्न । ,तर इस्त्री पुरुष सुत्नु उठ्नु उनीहरुको लागी के कतिको उपयुक्त छ त्यो उनीहरुको व्यक्तिगत पक्ष हो । त्यो बेला ,हाम्रै नेपाली हिन्दु धर्म मान्ने नारी ब्राह्मण तथा क्षेत्रि बाहेक अन्य जात जातिका महिलाहरुले खान बनाउने कार्य गरेता पनि त्यो समय पुजा आजा अशुभ हो भनेर गर्दैनन् । यो ऋषि पंचमी हाम्रो धर्म अनुसार पबित्र मानिने र अघि पछी पोखरीमा ,खोलामा गएर नुहाउने गरेता पनि बर्षमा त्यो दिनको स्नान लाइ भने शुद्धि करणको रुपमा लिने गर्दछन । नदी तथा पोखरीमा गएका सबै नारीहरुले सबै भन्दा पहिला चिर चिरे ३६० दंतित्वले जसलाई जडीको रुपमा पनि मानिन्छ त्यसैले दात माझेर आफु भित्रको दुर्गन्ध हटाउदै दातलाई सुकिलो पारिन्छ ,पछी त्यही चिर चिरे को जराको माटोले पहिलो शुद्धि गरिन्छ ।
अनि वर,पिपल,तुलसा,अमला खेत जोत्ने हलोको फालिको बिटको माटो र हात्तिको पाइलाको माटोकोले पैतला धुड़ा ,कुम, हत्केला ,निधार गर्दै दलेर आफुलाई सुद्धि करण गर्दै अनि गएर स्नान गर्दछन त्यो दिन साबुनको प्रयोगलाइ अशुभ मानिन्छ । सक्नेले ३६० पटक दुब्की मार्दै पाप बाट मोक्ष होश भनेर टाउकोमा चल्नु राखेर स्नान गरेर त्यही चिर चिरे दंतित्व को पात ३६० ले सेचन अन्जन मा हुन् गरिएका दोषहरु हटुन भनेर कामना गर्दछन,र पुर्ब फर्केर सूर्यलाई अन्झुलीले अर्ध दिदै चोसो कपडा मै खोलाको वालुवाबाट शिवको लिंग बनाएर पुजा गर्न्छ्न । र आफुले लागेको रातो हरियो पवित्र वस्त्र फेरी ,घर आउने बेला त्यहिको माटो बाट बनाएका कुकुरको आकृतिलाइ बाटोको ठाउ ठाउमा राखी प्रकाशमय होश भनेर दियो बाल्दै मर्न पछी स्वर्गको बाटो भुल्दा यही उज्यालो दियो बाट प्रकाश पूंज होश र त्यही बाटोमा राखिएको कुकुरले स्वर्गको बाटो देखाउने बिश्वाश गर्दै घर तिर फर्कन्छन अनि आफ्नै घर वा ,छिमेकी मा लगाइएको पुजामा गएर ,वा मन्दिर मा गएर आफुले लागेको पुजाको सामानहरु राखेर यज्ञ स्थानमा गई सात ऋषिको प्रतिमा बनाइ पंचामृतले नुवाइ चन्दन लेप गरि कपुर लगाउदै बिभिन्न फूल सुगन्धित पदार्थ, धूप, दीप, सेतो कपडा, कुश र नैवेद्य, फलफुल तथा ,ढिक्की मा कुटेको चामल ३६०,तीलका दाना ३६० ,सुपडिका कुड्का, जनै,जौउ जस्ता विभिन्न गनेर राखिएका चिजहरु चढाउने र कातियेर राखिएको कपासको बत्ति ३६० बाल्दै धुप दिप गर्दै आरति गरिन्छ ।
जसरी बिबाहमा स्वयम्बर गर्दा कलशबाट नटुटाई झरेको पानीको महत्व छ ठिक त्यस्तै सप्त ऋषिलाई परिक्रमा गर्दा चिसो नुहाएर आएको कपाल बाट बग्ने पानीको थोपाको महत्व शुभ मान्दै यसो गर्नाले सबै पापबाट छुटकरा मिल्छ र सौभाग्यको अटल रहन्छ भन्ने बिश्वाश गरिन्छ । महिलाहरुले यस पुजाको पालना गर्दा आफुलाई आनन्द, शरिरमा सौन्दर्यको बृद्धि,र पतिको अटल सु-स्वास्थ दिर्धायु अनि छोरा छोरीमा चिरायु ,दिर्ध जीवनको कामना हुने मन देखि प्रशंन्ता भएको महशुस गर्ने गर्दछन ! सायद त्यसैले होला कथामा पनि विद्धान, गुरु ,पुरेतहरु बाट सुन्ने गरेका छौ श्रीकृष्णले युधिष्ठिरलाइ भन्नु भएको थियो रे , इन्द्रले त्वष्टाको पुत्र वृत्रको हनन गरे बापत उनीलाइ बह्महत्याको अपराध लागेको थियो रे । त्यो पापलाई चार भागमा बिभाजन गरे । पहिलो अग्नि- हामीले कुनै बस्तु जलाउछौ वा आगो बाल्छौ,वा घरमा आगो लाग्दा हामीले देख्छौ कि रातो ज्वाला बल्नु भन्दा पहिला कालो धमिलो पहिलो फोहर ज्वाला निस्कने गर्दछ ।
दोश्रो नदि बाट आएको पानीको भेलमा देखिएको फिज वा गाज हेर्दै फोहर हुन्छ अर्थात् बर्षाकालमा पहाडबाट बगेको पानीमा नस्कने फिज गाँज,। तेश्रो पहाडका कुना काप्चा जहा बिभिन्न खालको चोप निस्कने बोटबृक्ष ! त्यस्तै चौथो हो नारी जुनमा रजस्वला हुन्छ। नारीको मासिक धर्म रजस्वलाको समयमा हुने अन्जन रोपी पापबाट छुटकरा पाउनाको लागी यो ब्रतको महत्व मानिन्छ । पानीको बिकार गाँज, पहाड पर्वतमा उम्रने चोप आउने बोट, आगोबाट निस्कने पहिलो फोहर धुवा र नारीको मासिक धर्मको बेला निस्कने बिकार पदार्थ मानव स्वास्थको लागी हानी कारक हुन भन्ने गरिन्छ ।
हुन् त यो महिना बारीलाई पुराना रुढी बादी बुडा बुडिले भन्ने गर्थे रे महिना भरी घरमा भएको बुहारीलाई कामले जति नै थकित भएता पनि सधैको व्यस्तता हुदा यो बेला शरीर पनि सुस्त हुदा उनीहरुलाई यसो चार दिन भए पनि आराम गर्न सकुन भनेर यसो गरेका हुन् भनेता पनि भोक लागेको बेला अरुले दिए खान पाउने यो परम्परा कतिको उपयुक्त हो त्यो आफ्नै ठाउमा छ,! जे भए पनि अन्जानमा पाप हुन गयो या गल्ती भयो कि भनेर ऋषिहरू सग क्षमायाचना गरी उनीहरूको पुजा आराधाना गर्ने र आफु भन्दा ठुलाको सम्मान गर्ने कुरा नराम्रो भने पक्कै हैन । पुजामा- “अहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्यायां कृतसंपर्क जनितदोष परिहारार्थमृषि पञ्चमीव्रतं करिष्ये” यसरी यो मन्त्र उचारणगर्दै संकल्प गरिन्छ।
यो संकल्प गरि अरून्धतीका साथ सप्तर्षिको पुजा गर्दै सात पल्ट परिक्रमा गर्ने चलन छ। यस ब्रत गर्नेले प्राकृतिक फलको प्रयोग गर्ने भन्ने भनाइ भएता पनि त्यो दिन हलोबाट उमारिएको अन्न पनि खान नहुने भनिएता पनि हिजो आजको चलनमा, घिउको भुटुन राखी ,कर्कलाको साग ,पिडालु ,जस्ता सब्जी बनाएर ओखलमा वा ढिक्की मा कुटेको चामलको प्रयोग गरि एक छाक शुद्ध खाने चलन छ त्यो दिन घरमा भएका आफु भन्दा ठुला दाजु भाइ ,बुवा हरुलाई छुइ छाई गरिदैन । यसमा वैदिक मन्त्रहरूको पाठ गरिन्छ र सात ऋषिहरू - कश्यप ऋषि, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदाग्नि र वसिष्ठ ऋषीको लागी ऋग्वेदका मन्त्र पाठ गरिन्छ तथा अरून्धतीको आब्हानको लागी यो मन्त्र – “अत्रेर्यथानसूया स्याद् वसिष्ठस्याप्यरून्धती। कौशिकस्य यथा सती तथा त्वमपि भर्तरि” पाठ गरिन्छ।
शास्त्र मा लेखे अनुसार यो ब्रत सात वर्षको हुन्छ,त्यसैले पानीको घडा सात वटा स्थापना गरिन्छ, सात ब्राह्मण द्वारा मन्त्र पाठ गरिन्छ र अन्त्यमा सात ऋषिको प्रतिमा सुन या चाँदी वनाई दान दिने चलनलाई पैसा राखी गाइ दान गर्ने र चामल,फलफुल ,भेटी राखी पूर्ण पात्रो गर्दै ऋषिलाई दाङ दिने चलन छ । यो ब्रत पुजा नारी हरुको मानव जीवनमा जान अन्जानमा गरिएको बिबिध पापबाट मोक्ष् हुन् सकिने कुरामा बिश्वाश राखिन्छ । यसैको ऋषि पंचमी संसार भरी छरिएर रहनु भएको दिदी बैनीलाई यो कत्तिको उपयुक्त होला नहोला तर जीवनमा शुख शान्ति र आफन्तको मायाले भरि पूर्ण होश भने शुभकामना ।
निशा खनाल अर्याल ,
इजरायल