गजल : By, कविराज मगर I



सागर पारी विदेशमा पैसा फ़ल्छ अरे
सागर पारी त्योदेशमा बैसा फ़ल्छ अरे  ।

पसिनाको मूल्य त्यहाँ पैसाले नै भए पनि
सागर पारी स्वदेशमा यैस फ़ल्छ अरे  ।

मोति सरी पसिनाको त्यहाँ कति मोल
सागर पारी प्रदेशमा दशा फ़ल्छ अरे  ।

सयौ ज्योति घाम संगै संघर्ष छ कबोल
सागर पारी मधेशमा नशा फ़ल्छ अरे  ।

कविराज मगर
दिप्लुङ खोटांङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com