छोरोलाई हिजो हुर्काएछ किस्तावन्दीमा
पठन पाठन गराएछ किस्तावन्दीमा
विहान खाएर बेलुका खाने केही हुँदैन रे
बाबा बित्नु हुँदा जलाएछ किस्तावन्दीमा
ऋणमा चुर्लुम्म डुब्दा उत्रिन सकेनन् रे
आज त्यो जिन्दगी गलाएछ किस्तावन्दीमा
ब्याज माथि ब्याज रातमा सँधै अनीँद
जिन्दगीको आयू घटाएछ किस्तावन्दीमा
आफ्नो जिन्दगीको सहारा मुटुको टुक्राको लागि
आफू मरेर छोरो बचाएछ किस्तावन्दीमा ।
मानन्धर अभागी