तेलअभिव भाद्र २६,
अहिले नगरे कहिले गर्ने!
हामीले नगरे कसले गर्ने !!अहिले नगरे कहिले गर्ने!
नेपालीले नै नेपाललाई योगदान दिनु पर्छ भन्ने उदेष्यले संसार भरिनै सहयोगी मनहरुले सुरु गरेको यस सहयोग अभियानलाई पनि इजरायलमा बस्ने सबै सहयोगी मनहरुलाई एकत्रित पार्दै हामि इजरायलमा काम गरि बसिरहेका नेपालीहरु सबैले एकआपसमा हातेमालो गर्दै! इजरायलमा सुरु गरिदै गरेको यस "हेल्प नेपाल नेटवर्क"अभियानलाई आफ्नो परिस्थितिले जति सकिन्छ तेही अनुसार सहयोग गरेर यस अभियानलाई सहयोग गरिदिनहुन तपाईहरु समछ हार्दिक अनुरोध गर्दछौ! हेल्प नेपाल नेटवर्कको यस अभियानमा मात्र नेपालीहरुको सहयोगमा रु.१० करोडको अक्षय कोष खडा गर्ने महत्वाकांक्षी लक्ष्य सहित स्थापित यो एउटा महान उद्देश्य हो ।
स्वदेश तथा बिदेशमा रहेका नेपालीले यस अभियानलाई तन, मन र धनले सहयोग गर्दै आउनु भएको छ ।हेल्प नेपाल नेटवर्कले अहिले देशभित्रका स्कुल,लाइब्रेरी,स्वास्थ्य र आपतकालिन सेवा जस्ता थुप्रै सामाजिक कार्यहरुमा सहयेाग पुर्याउदै नयाँ सँरचनाका साथ अगाडी बडाउदै आएको कुरा सबैमा बिदितै छ। यस सकारात्मक र पवित्र कार्यको लागि हामी पनि केहि गरौँ भन्ने अभिप्रायले अघि बढेकाछौं । यस अभियानमा सामेल हुन इच्छुक दिदी बहिनी तथा दाजु भाइहरुलाई हार्दिक स्वागत गर्दछौं ।
अहिले यस अभियान अन्तर्गत धेरै साथीहरु आबद्ध भैसक्नु भएको छ!
आर्थिक सहयोग संकलन समितिका सदस्यहरुको नामावली यस प्रकार छ >>>
१] निरज सुबेदी - ५०१/ सेकेल
२] सन्तोष पन्त - ५०१/ सेकेल
३] रुपेश बिष्ट - ५०१/ सेकेल
४] रमेश खड्का - ५०१/ सेकेल
५] सुनिल श्रेष्ठ - ५०१/ सेकेल
६] निश्चल श्रेष्ठ - ५०१/ सेकेल
७] पुष्प श्रेष्ठ - ५०१/ सेकेल
८] रिचा गुरुङ - ५०१/ सेकेल
९] मुना सिटौला - ५०१/ सेकेल
१०] मोहन चौलागाईं - ५०१/ सेकेल
११] बिष्णु भट्टराइ - ५०१/ सेकेल
१२] भोजराज क्षेत्री - ५०१/ सेकेल
१३] रुबी कार्की - ५०१/ सेकेल
१४] उषा क्षेत्री - ५०१/ सेकेल
१५] सुनिता (यासिन) राई - ५०१/ सेकेल
१६] नबराज आचार्य - ५०१/ सेकेल
१७] अर्जुन पौडेल - ५०१/ सेकेल
१८] रामकृष्ण रन्जितकार - ५०१/ सेकेल
१९] पुजा शाह-५०१/ सेकेल
२०] राम ढुंगाना-५०१/सेकेल
२१] गणेश गिरि-५०१/सेकेल
२२] हेम छेत्री -५०१/ सेकेल
२३] देविका श्रेष्ठ- ५०१/ सेकेल
२४] बिमला(नितु खतिवडा) ५०१/ सेकल
२५] सुमित्रा पौडेल (आंचल) ५०१/ सेकल
(इच्छुक जोसुकै महानुभावले ५०१ सेकेल तिरेर कार्य समिति भित्र सदस्य बस्न सक्नु हुनेछ , बाँकी सोयिछिक जति पनि सहयोग गर्नु हुनेछ)
नोट- यस महान कार्यको लागि सहयोगी हातहरु र सहयोगी मनहरु आबद्द भई यो महान कार्यलाई आगाडी बढाउनको लागि तपाई समस्त इजरायलमा काम गरि बसिरहनु भएका दाजु भाई, दिदि बहिनीहरुमा हार्दिक अपिल गर्दछौ ! यस महान कार्यमा आफुले सकेको जति सुकै रकम भए पनि स्वच्छ मनले कसैको लागि केहि गर्नु पर्छ! अनि समाजको लागि केहि योगदान दिनुपर्छ भनेर हिर्दय देखिनै गरिने दान नै जीवनको सबै भन्दा सुखमय क्षण बन्दछ!
तपाई को जन्म दिन,अथवा अन्यकुनै पनि सुखद क्षण मा आफुले सकेको दान दिएर यस पवित्र कार्य मार्फत समाज सेवा गर्न सक्नुहुनेछ! तपाईहरुको सल्लाह र सुझावको आशा लिएका छौ| आउनुहोस हामि सबै मिलेर सकेको सहयोग गरौ! बिस्तृत जानकारीको लागि हेल्प नेपाल नेटवर्क को डकुमेन्ट्रीहरु हेर्नबिनम्र अनुरोध गर्दछौ!
"हेल्प नेपाल नेटवर्क" का लागि इजरायलमा संगठित परोपकारी समूह!! "सेवानै धर्म हो"! खान पुगोस, दिन पुगोस!!