चितवन रत्ननगर भदौ २५,
पूर्वी चितवन रत्ननगर–१३ जयमंगलामा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई इटाँ व्यवसायी हरिकृष्ण महर्जनले आज खाद्यन्न सहयोग गरेका छन । जयबागेश्वरी इटाँ उद्योगका सञ्चालक नारायणगढ निवासी महर्जनले २ क्वीन्टल चामल,२० लिटर तेल र १ वोरा आलु सहयोग गर्नु भएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।
केन्द्रमा आश्रित अपाङग बालिका सुमित्रा चेपाङको अध्यक्षतामा भएको सो कार्यक्रममा हरिकृष्ण महर्जन, इटाँ उद्योगका म्यानेजर नवराज अर्याल लगायतले बोल्नु भएको थियो । महर्जनले यस भन्दा अधि पनि कलर टेलिभिजन तथा खाद्यन्न सहयो ग गर्नुभएको थियो । केन्द्रमा चितवन र मकवानपुरका ४७ जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।