२७ हजार महिला यौन कर्मिको ७ लाख ५६ हजार ग्राहक I

काठमाण्डौ भाद्र २५,

नेपालमा २७ हजार १ सय ७५ यौनकर्मि महिला र तिनका ग्राहक ७ लाख ५६ हजार ९ सय ९ जना रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र (एनसिएएससि) ले जनाएको छ । यो आधारमा १ जना यौनकर्मि महिलालाई करीब २८ जना पुरुष पर्ने देखिएको छ ।

काठमाण्डौमा १६ वर्ष देखि ४० वर्ष उमेरका करीब ८ हजार महिला यौन व्यवसायमा सक्रिय रहेको अनुमान छ । यौनकर्मि महिला चलाएमान हुने भएकाले यकिन तथ्याङ्क नरहेको एनसिएएससिका निर्देशक डा. नरेशप्रताप केसीले बताए । यौनकर्मि महिलाका अनुसार २० बर्ष देखि ५० वर्ष सम्म पुरुष तिनका ग्राहक छन् ।

तिनका ग्राहकेमध्ये अधिकांश श्रीमतिसँंग खटपट परेका, काठमाडौ घुम्न आएका, विदुर, मदिरा सेवन गरेका र साथीभाईको लहलहैमा लाग्ने पुरूष बढी हुन्छन् । यौनकर्मीको शुल्क ५ सय देखि वीस हजारसम्म रहेको यौनकर्मिको दाबि छ । नेपालमा यौन व्यवसायलाई रोक्न सक्ने अवस्था नभएकाले कानूनी मान्यता दिनुपर्ने यौनकर्मिको माग रहेको छ ।स्वास्थ्य खबर !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com