दशैँ विशेष साँस्कृतिक कार्यक्रमका लागी मिलन लामा र रोमा न्यौपाने दुबई आउदै I

दुबई सेप्टेम्बर २९,

निमकान्त पाण्डे : नजिकिदै गरेको बिजया दशमीको शुभकामना सहित अक्टोबर ११ तारिक दुवई शहरको अस्टोरिया होटेलमा नेपाली समाज यूएई, नेपाल बिस्व सहयोग संघ र चितवन समाज यूएईको सयुक्त आयोजनामा दशैँ बिशेस सास्कृतिक कार्यक्रम हुने भएको छ। 

स्वदेश तथा बिदेशमा लोक दोहोरी क्षेत्रमा अतिनै चर्चित तथा ख्याती प्राप्त कलाकारहरु मिलन लामा र एउटा मात्र खुट्टाले नृत्य गर्ने रोमा न्यौपाने को जोडदार सङ्गीत कार्यक्रमलाई यसपालीको दशैमा युएईमा रहेका नेपालीहरुले भरपुर मनोरन्जन लिन पाउने भएका छन।

लामा र रोमा ख्याती प्राप्त कलाकार अभिनयमा समेत पारंगत छन यी दुवै कलाकार आजकलका दिनहरुमा नेपालमा मात्र सिमित छैनन बिदेशमा पनि तेतिनै चर्चा चलेको छ ' तथापि यस पटक  हामी युएईमा कार्यरत नेपालीहरुको चाड पर्व कलाकारहरुको बिचमा पक्कै पनि खुशी रहने छ।

कार्यक्रमबाट उठेको रकमलाई सामाजिक सेवामा लगानी गरिने र यस बिचमा नेपाली संघ सस्था साथै नेपाली दाजु भाई तथा दिदै बैनिहरु संग आपसी सदभाब भाईचार बढाउने मुख्य लक्क्ष कार्यक्रमको रहेको नेपाली समाजका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की बताउछन । 

फूलपातीका दिन गर्ने कार्यक्रमलाई सफल बनाउन सबै तयारी भैरहेको हुदा युएईमा क्रियासिल संघ सस्था साथै नेपाली दाजु भाई तथा दिदि बैनिहरुलाई बिजया दशमी धमका २०७० मा उपस्थिती भैदिन हार्दिक आग्रह गरिएको छ।

टिकेटको लागी सम्पर्क :-
ज्ञानेन्द्र बहादुर कार्की 052 84 00 435 दुबई 
दिपक राज पौडेल 055 10 40 943   - दुबई
श्याम पोख्रेल  055 46 36 551   -  -  -जबल अली ( दुबई )
राम प्रसाद चौरासिया 055 64 74 397  दुबई
अर्जुन शर्मा पौडेल 055 29 31 860  - - दुबई
शेखर सुबु 055 85 14 789      -  -  -  दुबई
रामु पौडेल 055 69 08 046      -  -  - बुरदुबई 
जगत क्षेत्री 056 60 70 132      -  -  - रसदिया ( दुबई )
भेस राज ढकाल 052 9489615  - -  - अबुधाबी 
गोविन्द ढकाल 0553879186   -  -   - अबुधाबी
गणेश न्यौपाने 0553149958  - - -  -  -  -  सारजाह 
मिति -:  -   -  आश्विन २५ गते ( फूलपातीको दिन) अक्टोबर ११ तारिक- सुक्रबार 
समय दिउसो -  २:३० बजे 
स्थान  - -  -  - अस्टोरिया होटेल ( याक एण्ड यति )  बर दुबई 
टिकट :-   -   -   ३५ /- द्राम 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com