मनको गीत ––१४
विहानीको क्षितिजमा झुल्क्यो लाली किरण
मयूरी झै नाँची दिन्छ खुशी मनको हिरण
पंक्षी गाउने प्रभात फेरी झरनाको संगीत
उनको चञ्चल आगमनमा गाउकी मन्को गीत ।
सुस्त सुस्त हाँवा सँगै फाटी दिने वादल
चोखो माया बाँधी दिने मनको रेश्मी आँचल
नयन काजल रेश्मी आँचल बसी गयो प्रीत
उनको न्यानो आगमनमा गाउकी मन्को गीत ।
सागर सरी मनका लहर पोख्नेको सँग
घोली दिउकी विहानीमा एउटा प्रेमिल रङ्ग
धेरै धेरै हार्यो जिन्दगीले कहिले होला जीत
उनको मधुर आगमनमा साटी दिउकी प्रीत ।
मयूरी झै नाँची दिन्छ खुशी मनको हिरण
पंक्षी गाउने प्रभात फेरी झरनाको संगीत
उनको चञ्चल आगमनमा गाउकी मन्को गीत ।
सुस्त सुस्त हाँवा सँगै फाटी दिने वादल
चोखो माया बाँधी दिने मनको रेश्मी आँचल
नयन काजल रेश्मी आँचल बसी गयो प्रीत
उनको न्यानो आगमनमा गाउकी मन्को गीत ।
सागर सरी मनका लहर पोख्नेको सँग
घोली दिउकी विहानीमा एउटा प्रेमिल रङ्ग
धेरै धेरै हार्यो जिन्दगीले कहिले होला जीत
उनको मधुर आगमनमा साटी दिउकी प्रीत ।
दाजु गुरुङ ,हङकङ