जीवन यात्रा चल्नेछ तिमीले साथ दियौ भने
सुखमा दु:ख मल्नेछ तिमीले साथ दियौ भने
हामी दुईलाई मिलाउनु सन्जोगको खेल थियो
नैरास्यता खल्नेछ तिमीले साथ दियौ भने
अन्जान थियौ हिजो सम्म आज एक मुटु भयौ
दिलमा प्रित फल्नेछ तिमीले साथ दियौ भने
एक अर्काको हुन हाम्ले चुनौतिलाई स्विकार्नु छ
चट्टान पनि गल्नेछ तिमीले साथ दियौ भने
सन्तुष्टीले तृप्त हुँदै न्यानो माया पाउने छौ
खुशीले पिडा छल्नेछ तिमीले साथ दियौ भने
कल्पना पौडेल(जिज्ञाशु)
गैंडाकोट ४ नवलपरासी
हाल इजरायल