वाशिंगटन डिसीमा इन्द्र जात्रा धुमधामको साथ सम्पन्न I

भर्जिनिया आश्विन ८,

विजय थापा : डिसी महानगर क्षेत्रमा स्थापना गरिएको गैर मुनाफा संस्था नेवाः संगठन अमेरिका(Newah Organization of America )ले तेश्रो इन्द्र जात्रा पर्व सफलता पूर्वक सम्पन्न गरेको छ  डिसी महानगर क्षेत्रको म्यारिल्याण्डको एक उद्यानमा आयोजना गरिएको कार्यक्रममा डिसी महानगर क्षेत्रमा बसोबास गर्ने समुदायको निक्कै चहल पहल रहेको थियो 

आयोजित उक्त इन्द्र जात्रामा परम्परागत नेवारी खाना समे वजी देखि ,परम्परागत हात्ती नाच ,लाखे नाच ,कुमारी भैरब नाच तथा मुकुट नाचले नेपालकै झझल्को गराएको थियो । उपस्थित भिड निक्कै रमाइलोको साथ अबलोकन गरिरहेका थिए  मुखै रसाउने नेवारी खानाको स्वादमा अतिथिहरु व्यस्त देखिन्थे  मात्री भुमि देखि सात समुन्द्र टाढा भएपनि नेपालको चाड पर्व र संस्कृतीले यहाँ बस्दै आएका नेपालीलाई जोड्ने गरेको छ 

नेवार समुदाय संस्कृतिमा निक्कै धनि रहेको बताउदै हामी को हौ र हाम्रो पहिचान के हो भन्ने अपरिहार्य भएको हुनाले यस्ता भाषा ,संस्कृति परम्परा तथा पर्वलाई सम्बर्धन तथा प्रबर्धन गर्नु संस्थाको मुख्य उदेश्य रहेको अधक्ष्य सिजन श्रेष्ठले बताए  नेपाली दूताबासका तर्फबाट उप नियोग प्रमुख नारायण मैनालीले दूताबासको तर्फबाट आयोजकलाई धन्यबाद दिदै यस्तो सांस्कृतिक पर्व विदेशमा पनि आयोजना गर्न सकेकोमा खुशी व्यक्त गर्दै यस्ता सांस्कृतिक पर्वले नेपालको नाम बिश्वले चिन्ने छ भन्दै नेपाल सांस्कृतिक बिबिधता भएको मुलुक हो भन्दै नेवारी समुदाय आफ्नो संस्कृति र परम्परा जोगाउन निक्कै कटिबद्ध रहेको बिचार राख्नु भएको छ 

नेवासंगठन अमेरिकाले परम्परालाई एक पुस्ताबाट अर्को पुस्तामा सार्दै जाने देखिएको छ र नयाँ पिँढीलाई पुराना कुरा सिकाइरहेका छन्  इन्द्रको मात्रै जात्रामा अरू उपजात्रा, नाच, झाँकीजस्ता परम्परा थप्दै गएपछि यो नेवार समुदायको विशेष पर्व बन्न पुगेको छ  यहि 'नेवारी संस्कृति, परम्परा, नाचगान, बाजा, साथमा मिठो खाने पर्वले सांस्कृतिक एकतालाइ अझ मजबुत बनाएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com