हुदैन टाढा मित्रता छुटेर साथ गए पनि
सम्झना गाढा रहन्छ टुटेर नाता गएपनि ।
रुदैन आत्मा बाहिर लुटेर घात गरे नि
सयौ डाँडा पारी तिमि चुठेर हात गएपनि ।
छुदैन तन कसैले उठेर माथ फिजाए नि
जिन्दगी काँडा रहेछ फुटेर आँत गएपनि ।
मर्दैन माया मारेर दुई मुटु टुक्रा भए पनि
सम्झना गाढा रहन्छ टुटेर नाता गएपनि ।
कविराज मगर
दिप्लुङ खोटांङ