मर्दैन माया By, कविराज मगर



हुदैन टाढा मित्रता छुटेर साथ गए पनि
सम्झना गाढा रहन्छ टुटेर नाता गएपनि ।

रुदैन आत्मा बाहिर लुटेर घात गरे नि
सयौ डाँडा पारी तिमि चुठेर हात गएपनि ।

छुदैन तन कसैले उठेर माथ फिजाए नि
जिन्दगी काँडा रहेछ फुटेर आँत गएपनि ।

मर्दैन माया मारेर दुई मुटु टुक्रा भए पनि
सम्झना गाढा रहन्छ टुटेर नाता गएपनि ।

कविराज मगर
दिप्लुङ खोटांङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com