जाजरकोट आश्विन ८,
बाबु विदेश र आमा परपुरुषसँग हिँडेपछि जाजरकोट खलंगा– ९, रावतगाउँकी डेढ वर्षीया पवित्रा रावत अलपत्र परेकी छन्। पवित्राका बाबु रत्नबहादुर दुई वर्षदेखि रोजगारीका लागि मलेसियामा छन् ।
दूधेछोरीलाई छाडेर आमा रीताले कालेगाउँका दीपक विकसँग विवाह गरेको स्थानीय सहदेव बस्नेतले बताए । बज्यैसँग बस्दै आएकी पवित्रा केही समयअघि भाइरल ज्वरोले बिरामी पर्दा अस्पताल हेरचाह गर्ने कोही नभएको बस्नेतले बताए । 'उनी जतिबेलै आमालाई बोलाउँदै रोइरहेकी हुन्छिन्,' बस्नेतले भने ।
बज्यै धनी रावत पनि शारीरिक रुपले असक्त छिन् । छोराले दुई वर्षदेखि पठाएको पैसासमेत रीताले लगेको धनीले बताइन् । रत्नबहादुर ऋण काढेर विदेश गएका थिए ।