थाहा भयो
पैसा खोजेर हिडीरहदा, मिसिन भित्र .हालेर पेले थाहा भयो
धनको संसार भित्र ,रमिता हेर्न गाको, भिडले ठेले पछि थाहा भयो ||
भिडमा रम्ने हरु कोहि आफन्त नै .थिए, देखे पछि थाहा भयो
रमिता हेर्न मन लाग्ने नजर,आज खाडी को घामले सेके पछि थाहा भयो ||
कोहि भेटिएना, मलाई आफ्नो ठान्ने ,भौतारिएर हिडी रहे .
यसै दु:ख्थ्यो मुटु अझ बढी दुख्ने ।आँशुले बाटो छेके पछि थाहा भयो ||
कर्म सिङ लामा (निर्दोष ) रसुवा