जेन तेन हाँसेकै थिए किन रुलायौ
चैन थेन बाचेकै थिए किन बोलायौ ।
रुंदा रुदै सकिएका बाकी मेरा आँसुहरु
चाह हैन साचेकै थिए किन धोलायौ ।
परेली रुझेका छन् आज तिम्रो सामु
बाध्य छैन नाचेकै थिए किन टोलायौ ।
चाह थिएन भने किन चोखो माया भनि
साथ पाईन हाँसेकै थिए किन रुलायौ । ।
कविराज मगर
दिप्लुङ खोटांङ