अखण्ड भण्डारी : दैनिक सरदर दुई हजार नेपाली युवा कामका लागि बिदेसिइरहेका छन् । यो क्रम बढ्दो
छ । गाउँ रित्तिँदै छन् । परिवारहरू वृद्धवृद्धा, केही महिला र बालबालिकाका भरमा छन् । अरू त छाडौं, मलाम जान समस्या पर्न थालिसक्यो । यो लर्कोको पृष्ठभूमि के हो त ? खोज्दै जाँदा कुरो द्वन्द्वमा अड्कियो ।
दस वर्षे माओवादी युद्धको राजनीतिक उपलब्धि नभएको होइन ।
तर, देश रूपान्तरणको जुन नारा दिएर उसले युवालाई बन्दुक बोकाएको थियो, त्यसमा वरको सिन्को परसम्म सरेन । धेरैका पढाइ बिगि्रए । धेरैका घरबार चौपट भए । कति टुहुरा भए । कतिले टुहुरा पारे । कति अपांग
भए । कति बेपत्ता भए । कति बेपत्ता पारिए । कतिलाई सिमेन्टको मान्छे बनाइदिएर 'सहिद' लेखियो । सम्भिmगए वर्षमा एकपल्ट माला लाएर दायित्व पूरा गर्न थालियो । बस, त्यत्ति न हो ।
माओवादी भने शान्ति प्रक्रियामा आएपछि मूलधारका अरू दलजस्तै उही सत्ता तानातानमा अल्मलियो । उसरी नै कुर्सीको तातोमा भुलियो । राज्य त्यसरी नै चलायो । देश उसरी नै हाँक्यो ।
कांग्रेस-एमालेले सामन्तको पक्षपोषण गरे भनेर विकल्प दिन धेरैलाई हतियारसहित जंगल छिराएको ऊ र्फकंदा त तिनीहरूजस्तै अनुहार लिएर पो आयो ।
फरक केही भएन । भयो यति मात्र- धेरै युवाको बिचल्ली । शैक्षिक योग्यताको प्रमाणपत्र नभएपछि देशका केही अवसरमा प्रतिस्पर्धा गर्न नसक्ने भए । नेताले पनि उनीहरूलाई भन्दा नवप्रवेशीलाई च्याप्न थाले । केही नलागेपछि एक मात्र विकल्प बन्यो वैदेशिक रोजगार । र, त्यो बढ्दै गयो । त्यसको लहराले धेरैलाई तान्दै गयो । रेमिट्यान्सको रापले धेरैलाई तताउँदै गयो ।
हो, त्यसैका चेपुवामा पर्दै गएका छन् महिला । लोग्ने विदेश जाने नाममा कति महिलाका पेवा खसीहरू नजिकका हाट पुगेका छन् । माइतीले दिएका ढुंग्री, मुन्द्री र तिलहरीहरू साहुका बाकसमा पसेका छन् । कतिका घरघडेरी वर्षको ६० प्रतिशत जोड्दै जमिनदारले नै झ्याप पारेका छन् ।
धेरै कमाउन विदेश जाने कति लोग्नेहरू बाकसभित्र शव बनेर फिर्ता आइरहेका छन् । बाँचेका पनि कोही हात काटिएर आएका छन् । कसैले खुट्टा गुमाएका छन् । कोही असाध्य रोग बोकेर फर्केका छन् । कोही उतै जोडी जोडेर अड्किएका छन् । सहरमा घर बनाउने, लालाबालालाई राम्रो शिक्षा-दीक्षा दिने र केही सुखी जीवन जिउने आसमा मेलापात, घरधन्दा, पानीपँधेरो सबै छिचोल्ने महिलाको भविष्य अनिश्चित छ । त्यो अनिश्चितताको पारो
चढ्दो छ ।
वैदेशिक रोजगारमा समस्या मात्र छैन । केहीले कमाएका छन्, राम्रै काम पाएका छन् । सकुशल आएका छन् । तर पनि सबैजसोले परिवार छाड्नुपरेको छ । महिलालाई एक्ल्याउनुपरेको छ । उडेका जहाजमा मेरो लोग्ने पो आयो कि भनेर आँखै टटाउने गरी पलपल हेरेर श्रीमतीले समय बिताउनुपरेको छ ।
वास्तवमा वैदेशिक मुद्रा आर्जनमा एउटी महिलाका काँधमा कति भार छ भन्ने न राज्यले अनुमान गरेको छ, न विश्लेषकहरूको नजर परेको छ ।
देशले यति रेमिट्यान्स पायो, कुल गार्हस्थ उत्पादनमा यसको योगदान यति/उति रह्यो भन्ने तथ्यांक र आँकडामा महिलाको कति पसिना बग्यो, कति आँसु खस्यो, कति मन पोल्यो, कति प्यास थपियो, कति हर्षोल्लास लुटियो भन्ने कसैले खुट्याएको छ ? के सजिलै भित्रिएको छ देशमा रेमिट्यान्स ? के महिलामा घर,
समाज चलाउने दर्बिलो छाती नहुनु हो भने सम्भव छ यो ?
परिवार महिलाले हाँकिरहेका छन् । बालबच्चाको एक्लो अभिभारा उनीहरूले बोकिरहेका छन् । 'कोसँग कता गई कि' भन्ने कतिपय लोग्नेका मनोरोगका मुकाबिला उनीहरूले नै गरिरहेका छन् । यौन अधिकारबाट उनीहरू नै वञ्चित भइरहेका छन् । लोग्ने छैन भनेर पछि लाग्नेहरू सिकार हुनबाट बच्ने उपाय उनीहरू खोजिरहेका छन् ।
तिनै महिला हुन्, जसले कुनै दिन युद्ध लड्ने पुरुषहरूका घर सम्हालिदिए । कोही युद्ध लड्नेहरूका लागि 'ऊर्जा' थपिदिन जंगल
पसिदिए । सँगै हिँडिदिए ।
एउटा मान्यता रहेछ- चार जनाको समूहमा एउटी महिला भई भने काममा ऊर्जा थप्छ । माओवादीले पनि त्यही सूत्र प्रयोग गरेर योद्धा खटाउँथ्यो रे ।) अर्थात्, महिला युद्ध रणनीतिमा समेत उपयोगमा ल्याइए ।
तिनै महिला हुन्, अहिले आँसुको भल बगाएर लोग्नेलाई विदेशतिर बाइबाइ गरिरहेका छन् । सकुशल फर्किएर आओस् भन्दै साँझ-बिहान भगवान् जपिरहेका छन् ।
चेपुवै चेपुवामा परेर पनि आफ्नै देशमा
नङ्ग्रा खियाइरहेको जस के पाइरहेका छन् त ? अहँ, केही छैन । अहिलेको ठूलो समस्या भनेकै यही हो ।
'अस्मिता' ले यो साता महिला अधिकारकर्मीहरूको राष्ट्रिय भेला गरिरहेको छ । त्यसमा महिला हिंसा, भेदभाव, अधिकार आदि विषयमा चर्का बहस हुनेछन् । विभिन्न पाटाबाट महिलाका समस्या निफनिनेछन् । थाहा छैन- द्वन्द्व र वैदेशिक रोजगारको पिसाइमा परेर आँसु बगाइरहेका एकल हुन् वा एक्लिएका महिलाका समस्याले त्यहाँ ठाउँ पाउँछ वा पाउँदैन ? अनि, त्यो अवस्था अन्त्यका लागि गरिनुपर्ने पहलका उपाय पहिचान गर्न सक्छ वा सक्दैन ?
दैनिक सरदर दुई हजार नेपाली युवा कामका लागि बिदेसिइरहेका छन् । यो क्रम बढ्दो
छ ।
गाउँ रित्तिँदै छन् । परिवारहरू वृद्धवृद्धा, केही महिला र बालबालिकाका भरमा छन् । अरू त छाडौं, मलाम जान समस्या पर्न थालिसक्यो । यो लर्कोको पृष्ठभूमि के हो त ? खोज्दै जाँदा कुरो द्वन्द्वमा अड्कियो ।
दस वर्षे माओवादी युद्धको राजनीतिक उपलब्धि नभएको होइन । तर, देश रूपान्तरणको जुन नारा दिएर उसले युवालाई बन्दुक बोकाएको थियो, त्यसमा वरको सिन्को परसम्म सरेन । धेरैका पढाइ बिगि्रए । धेरैका घरबार चौपट भए । कति टुहुरा भए । कतिले टुहुरा पारे । कति अपांग
भए । कति बेपत्ता भए । कति बेपत्ता पारिए । कतिलाई सिमेन्टको मान्छे बनाइदिएर 'सहिद' लेखियो । सम्भिmगए वर्षमा एकपल्ट माला लाएर दायित्व पूरा गर्न थालियो । बस, त्यत्ति न हो ।
माओवादी भने शान्ति प्रक्रियामा आएपछि मूलधारका अरू दलजस्तै उही सत्ता तानातानमा अल्मलियो । उसरी नै कुर्सीको तातोमा भुलियो । राज्य त्यसरी नै चलायो । देश उसरी नै हाँक्यो ।
कांग्रेस-एमालेले सामन्तको पक्षपोषण गरे भनेर विकल्प दिन धेरैलाई हतियारसहित जंगल छिराएको ऊ र्फकंदा त तिनीहरूजस्तै अनुहार लिएर पो आयो ।
फरक केही भएन । भयो यति मात्र- धेरै युवाको बिचल्ली । शैक्षिक योग्यताको प्रमाणपत्र नभएपछि देशका केही अवसरमा प्रतिस्पर्धा गर्न नसक्ने भए । नेताले पनि उनीहरूलाई भन्दा नवप्रवेशीलाई च्याप्न थाले । केही नलागेपछि एक मात्र विकल्प बन्यो वैदेशिक रोजगार । र, त्यो बढ्दै गयो । त्यसको लहराले धेरैलाई तान्दै गयो । रेमिट्यान्सको रापले धेरैलाई तताउँदै गयो ।
हो, त्यसैका चेपुवामा पर्दै गएका छन् महिला । लोग्ने विदेश जाने नाममा कति महिलाका पेवा खसीहरू नजिकका हाट पुगेका छन् । माइतीले दिएका ढुंग्री, मुन्द्री र तिलहरीहरू साहुका बाकसमा पसेका छन् । कतिका घरघडेरी वर्षको ६० प्रतिशत जोड्दै जमिनदारले नै झ्याप पारेका छन् ।
धेरै कमाउन विदेश जाने कति लोग्नेहरू बाकसभित्र शव बनेर फिर्ता आइरहेका छन् । बाँचेका पनि कोही हात काटिएर आएका छन् । कसैले खुट्टा गुमाएका छन् । कोही असाध्य रोग बोकेर फर्केका छन् । कोही उतै जोडी जोडेर अड्किएका छन् । सहरमा घर बनाउने, लालाबालालाई राम्रो शिक्षा-दीक्षा दिने र केही सुखी जीवन जिउने आसमा मेलापात, घरधन्दा, पानीपँधेरो सबै छिचोल्ने महिलाको भविष्य अनिश्चित छ । त्यो अनिश्चितताको पारो
चढ्दो छ ।
वैदेशिक रोजगारमा समस्या मात्र छैन । केहीले कमाएका छन्, राम्रै काम पाएका छन् । सकुशल आएका छन् । तर पनि सबैजसोले परिवार छाड्नुपरेको छ । महिलालाई एक्ल्याउनुपरेको छ । उडेका जहाजमा मेरो लोग्ने पो आयो कि भनेर आँखै टटाउने गरी पलपल हेरेर श्रीमतीले समय बिताउनुपरेको छ ।
वास्तवमा वैदेशिक मुद्रा आर्जनमा एउटी महिलाका काँधमा कति भार छ भन्ने न राज्यले अनुमान गरेको छ, न विश्लेषकहरूको नजर परेको छ । देशले यति रेमिट्यान्स पायो, कुल गार्हस्थ उत्पादनमा यसको योगदान यति/उति रह्यो भन्ने तथ्यांक र आँकडामा महिलाको कति पसिना बग्यो, कति आँसु खस्यो, कति मन पोल्यो, कति प्यास थपियो, कति हर्षोल्लास लुटियो भन्ने कसैले खुट्याएको छ ? के सजिलै भित्रिएको छ देशमा रेमिट्यान्स ? के महिलामा घर,
समाज चलाउने दर्बिलो छाती नहुनु हो भने सम्भव छ यो ?
परिवार महिलाले हाँकिरहेका छन् । बालबच्चाको एक्लो अभिभारा उनीहरूले बोकिरहेका छन् । 'कोसँग कता गई कि' भन्ने कतिपय लोग्नेका मनोरोगका मुकाबिला उनीहरूले नै गरिरहेका छन् । यौन अधिकारबाट उनीहरू नै वञ्चित भइरहेका छन् । लोग्ने छैन भनेर पछि लाग्नेहरू सिकार हुनबाट बच्ने उपाय उनीहरू खोजिरहेका छन् ।
तिनै महिला हुन्, जसले कुनै दिन युद्ध लड्ने पुरुषहरूका घर सम्हालिदिए । कोही युद्ध लड्नेहरूका लागि 'ऊर्जा' थपिदिन जंगल
पसिदिए । सँगै हिँडिदिए । -एउटा मान्यता रहेछ- चार जनाको समूहमा एउटी महिला भई भने काममा ऊर्जा थप्छ । माओवादीले पनि त्यही सूत्र प्रयोग गरेर योद्धा खटाउँथ्यो रे ।) अर्थात्, महिला युद्ध रणनीतिमा समेत उपयोगमा ल्याइए ।
तिनै महिला हुन्, अहिले आँसुको भल बगाएर लोग्नेलाई विदेशतिर बाइबाइ गरिरहेका छन् । सकुशल फर्किएर आओस् भन्दै साँझ-बिहान भगवान् जपिरहेका छन् ।
चेपुवै चेपुवामा परेर पनि आफ्नै देशमा
नङ्ग्रा खियाइरहेको जस के पाइरहेका छन् त ? अहँ, केही छैन । अहिलेको ठूलो समस्या भनेकै यही हो ।
'अस्मिता' ले यो साता महिला अधिकारकर्मीहरूको राष्ट्रिय भेला गरिरहेको छ । त्यसमा महिला हिंसा, भेदभाव, अधिकार आदि विषयमा चर्का बहस हुनेछन् । विभिन्न पाटाबाट महिलाका समस्या निफनिनेछन् । थाहा छैन- द्वन्द्व र वैदेशिक रोजगारको पिसाइमा परेर आँसु बगाइरहेका एकल हुन् वा एक्लिएका महिलाका समस्याले त्यहाँ ठाउँ पाउँछ वा पाउँदैन ? अनि, त्यो अवस्था अन्त्यका लागि गरिनुपर्ने पहलका उपाय पहिचान गर्न सक्छ वा सक्दैन ? (कान्तिपुरबाट)