काठमाण्डौ भाद्र २८,
नारीदर्पण : विवाह भएको आधा घण्टा नबित्दै बेहुन्ला र बेहुली प्रहरीको फन्दामा परेका छन् ।दोलखाको मेलुंग गाउँ बिकाश समिति वडा न: ३ डांडा खर्कका राम बहादुर थापा सँग विवाह गरेकी रामेछापकि कोपिला थापाको नव दम्पतिलाई प्रहरीले बहु विवाहको आरोपमा नियाँतार्णमा लिएको हो ।
राम बहादुर्की पहिलो श्रीमती सर्मिला थापाले प्रहरीमा उजुरी गरेपछि उनीहरु पक्राउ परेका हुन् । बेहुला राम बहादुर थापा नेपाली सेनामा कार्यरत भएकोले थप कारवाहीको लागि सेनामा बुझाइने भएको छ । बेहुली कोपिलाले आफुलाई दोस्रो विवाह हो भन्ने थाहा पाएर नै विवाह गरेको भएता पनि कानूनी बाटोका बारेमा भने आफु अनविज्ञ भएको बताइन ।