सुर्खेत भाद्र २८,
नेकपा–माओवादीले आज भेरी–कर्णालीका १३ जिल्ला बन्द आह्वान गरेको छ। बन्दका कारण यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। आज बिहानै क्याम्पस पुगेका विद्यार्थी बन्दका कारण घर फर्किएका छन् भने बिहान चहलपहल हुने सुर्खेतको बजार सुनसान बनेको छ।
बन्द सफल बनाउन माओवादीका कार्यकर्ता बिहान ६ बजेदेखि सडकमा ओर्लिएका छन्। बन्दको जानकारी दिन आयोजना गरिएको कोणसभामा माओवादीका नेताहरुले गोलमेच सम्मेलनबाट वर्तमान समस्याको समाधान गर्नुपर्ने, राष्ट्रिय संयुक्त सरकार निर्माण गर्नुपर्ने लगायतका माग राखेका थिए।
कोणसभामा बोल्दै माओवादीका पोलिटब्यूरो सदस्य धर्मेन्द्र बास्तोलाले यही अवस्थामा निर्वाचन हुन नसक्ने भन्दै समस्या समाधानमा ध्यान नदिइए गम्भीर परिस्थितिको सामना गर्नुपर्ने बताए। बन्द साँझ ६ बजेपछि मात्रै खोलिने केन्द्रीय सदस्य कृष्ण धमलाले जानकारी दिए। रासस :