रौतहट भाद्र २६,
मदन ठाकुर : एक जना सशस्त्र प्रहरी जवानको ड्युटीमा रहेको अवस्थामा मृत्यु भएको छ। महोत्तरी जिल्लाको दनौली वनउलि ८ घर भइ रौतहटको रामपुरखाप स्थित सशस्त्र प्रहरिको बिओपिमा कार्यरत २७ बर्षिय सुजित मण्डलको ड्युटीमै रहेको अवस्थामा लडेर मृत्यु भएको हो।
बेहोस भइ लडेका उनलाई उपचारका लागि जिल्ला अस्पताल गौरमा ल्याउदै गर्दा बाटोमै निधन भएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र श्रोष्ठले बताए। मंगलवार दिउसो ४ बजे ड्युटीमा खतिएका उनी अचानक बेहोस भएर लडेका थिए।
अत्यधिक गर्मीका कारण पनि मण्डल बेहोस भएपछि हार्टअट्याकले ज्यान गएको जिल्ला अस्पताल गौरका मेडिकल अधिकृत डाक्टर कौसर आलमलले बताए सशस्त्र प्रहरि जवान मण्डलको शव जिल्ला अस्पताल गौरमा पोष्टमार्टमका लागि राखिएको छ । घटनाको बिषयमा मण्डलको परिवार जनलाइ जानकारी गराइसकेको र परिवार जनको सदस्य आएपछि पोष्टमार्टम गरिने गौर अस्पतालले जनाएको छ।