आज बिहान नारायणी नदीमा डुबेर एक वृद्ध बेपत्ता I

रत्ननगर, चितवन काठमाण्डौ भाद्र १९,

चितवनको देवघाटस्थित नारायणी नदीमा डुबेर एक वृद्ध आज बिहान बेपत्ता भएका छन्। नदीमा नुहाउने क्रममा बगाएर वृद्धलाई बेपत्ता पारेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै देवघाट प्रहरीले जानकारी दिएको छ।

बिहान ७ बजे नुहाउने क्रममा नारायणी नदी गएका देवघाटस्थित गोर्खाली वृद्धाश्रममा बस्ने ७५ वर्षीय थानेश्वर बञ्जाडे बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ। अर्घाखाँची अग्रौली–७ स्थायी घर भएका बञ्जाडे विगतदेखि चितवन देवघाटको वृद्धाश्रममा बस्दै आएको प्रहरीले जनाएको छ।

उनी बेपत्ता भएलगत्तै देवघाट र वडा प्रहरी कार्यालय चितवनको प्रहरी टोली खोजीमा खटिएको जिल्ला प्रहरी कर्यालय चितवनले जनाएको छ।रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com