गज़ल : By, कोमल भट्ट I



जाऊँ न साथी यसपाली त चुनाव लड्नु पर्छ
भविष्यको उन्नतिमा अघि बढ्नु पर्छ

गैह्री गाउँका रिट्ठे दाइले टिकट लेराई सके
हामी पनि मन्त्रि भेर मोटर चड्नु पर्छ

काठमाडौँ मै बिर्खे बाले महल खडा गरे
हाम्रो भाग्य चम्क्यो भने हीरा जड्नु पर्छ

सान्नानीले स्कुल छोडिन मनोनितमा पर्न
ल्याप्चे हाल्न सक्छु भन्थिन किन पढ्नु पर्छ

"जसको शक्ति उसको भक्ति"सोच्छन नेप्टे काजी
सबै कुरा पूरा हुन्छन निहुँमा अड्नु पर्छ

जाली,झेली कान्छा बाजे सधैँ सुख काट्छन्
इमान्दारले कुना भित्र रुँदै सड्नु पर्छ

कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com