टिप्स, साडीमा सजिन I

काठमाण्डौ भाद्र २७,

गहुँगोरो छाला भएका महिला तथा युवतीले हरियो, कलेजी तथा गाढा गुलाफी रङ्गको साडी लगाउनुपर्छ, जसले सुन्दरतामा थप निखार आउँछ। 

 पातलो देखिन जर्जेट, सिफन तथा क्रेपको साडी लगाउनु उपयुक्त हुन्छ। दुब्ली महिला तथा युवतीले सकेसम्म कटन, टिस्यु तथा आरगेन्जाको साडी लगाउनुपर्छ। 

होची महिला तथा युवतीहरूले पातलो बोर्डर नभएको साडी लगाउनुपर्छ। चाडपर्वमा आकर्षक देखिन सानो पि्रन्ट भएको साडी उपयुक्त हुन्छ। काम गर्दा वा मन्दिर जाँदा साडीलाई पिन अप गर्नुपर्छ, जसले स्मार्ट र छरितो देखाउँछ। चाडपर्व वा विशेष अवसरमा साडी लगाउँदा पिनअप गरी सप्को छोड्दा पनि राम्रो देखिन्छ। 

साडीमा एलाइन वा बक्स पेटीकोट लगाउँदा दुब्लो देखिन्छ। कटन, टिस्यु वा साटनको साडी लगाउनुभन्दा पहिले आइरन गर्नुपर्छ। साडी लगाएपछि सकेसम्म स्यान्डल नै प्रयोग गर्नुपर्छ, जसले साडीको किनाराको सुन्दरता बढाउँछ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com