सत्य साइ सेन्टर इज़रायलले हरितालिका तीज यसरि मनायो I

तेलअभिव भाद्र २७,

नारीदर्पण : श्री सत्य साइ सेन्टर इज़रयाल्ले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज भव्यताका साथ् सम्पन्न गर्यो । गत शनिबार मतलोन गेट ९३ (तखाना मर्काजित-Center Bus Station) मा तीज विशेष कार्यक्रम गरेको हो ।

श्री सत्य साइ सेन्टरका अध्यक्ष नेहा गुरुङको सभापतित्वमा, इज़रायाल्का लागि राज्धुत महामहिम श्री प्रल्हाद कुमार प्रसाईं र उहाँकी धर्म पत्नी सीता प्रसाईंको विशेष आतिथ्यमा सम्पन्न उक्त तीज विशेष कार्यक्रमलाइ आध्यात्मिक संयोजक श्रीमती रश्मि घिमिरेले संचालन गर्नु भएको जानकारी साइ सेन्टरका उपाधक्ष्य सुर्य सिम्खडाले दिनु भयो । 

उक्त शुभ-अबसरमा साइ सेन्टरले आफ्नो कार्य समिति भित्रका सुरुवात देखि सक्रिय र सहयोग पुर्याउदै आउनु भएका उमा श्रेष्ठ , तारा अधिकारि लगायत पन्द्र जना सदस्यहरुलाई सम्मान गर्यो । 



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com