सुन्दर विचार बर्तिकाको I

काठमाण्डौ भाद्र २७,

भिषण राई : भर्खरैमात्र मिस नेपाल युएसएको उपाधि जितेकी न्युयोर्क, वुडसाइडकी बर्तिकाको उचाइ ५ फिट ३ इन्च छ। संगीतलाई नयाँ तरिकाले प्रस्तुत गर्न चाहने राईको वजन १ सय ५ पाउन्ड छ। 

राई नयाँ-नयाँ संगीत सृजना गर्न मन पराउँछिन्। राईलाई लेखन, चलचित्र निर्देशन एवं नाटक लेखनमा रुचि छ। लेख लेख्नु तथा घुम्नु उनका सौख हुन् । राई आफूलाई सेल्फ मोटिभेटेड, अनेस्ट र ग्राउन्डेड पसर्नका रूपमा व्याख्या गर्छिन्। 

सौन्दर्य प्रतियोगिता सम्बन्धी थुपै्र नकारात्मक टिप्पणी सुनेकी राई आफैं यसमा सहभागी भएर अनुभव बटुल्न चाहन्थिन्। राईले आफू मिस नेपाल युएसको उपाधि जित्न सक्षम भए यौन उत्पीडन तथा बाल यौनशोषणसम्बन्धी जनचेतनामुखी काम गर्ने कुरा बताएकी थिइन्। राईले पश्चिम नेपालको छाउपडी प्रथा एवं स्वास्थ्यसम्बन्धी काममा चाख देखाएकी छिन्। बर्तिका व्यावसायिक रूपमा पनि आफूलाई सफल बनाउने लक्ष्य राख्छिन्।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com