स्वतन्त्रता बिरोधि नेतालाई सर्वोच्चले सुनायो मृत्यु दण्ड I

ढाका आश्विन २ ,

बंगलादेशको सर्वोच्च अदालतले अर्का एक मुस्लिम नेता ६५ वर्षे अब्दुल कादेर मुल्लाहलाई पनि मृत्युदण्डको सजाय सुनाएको छ । यो वर्ष त्यहाँ युद्धअपराधका विरुद्ध उच्च अदालतले सुनाइरहेको कडा कारबाहीका क्रममा मंगलबार उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो । 

सन् १९७१ मा मुलुकको स्वतन्त्रताका लागि भएको क्रान्तिमा उनले जनहत्या गराएका थिए । हाल विपक्षी दल जमात ए मुस्लिमका नेता रहेका मुल्लाहलाई युद्धअपराधमा संलग्न भएकोमा अदालतले दोषी ठहर्‍याएको छ । उक्त मुस्लिम दलका नेताहरू स्वतन्त्रता पक्षधर नागरिकको हत्यामा संलग्न भएको आरोप लगाइएको छ । 

राजनीतिक विश्लेषकहरूले पनि उनीहरूलाई धोकेबाज र धूर्त राजनीतिकर्मी बताएका छन् । उनले यसअघिको युद्ध अपराधसम्बन्धी अदालतले दिएको आदेशको विरुद्धमा अपिल गरेका थिए । अपिललाई सर्वोच्चले खारेज गरिदिएको हो । प्रधानन्यायाधीशकै इजलासबाट फैसला आएपछि उक्त निर्णयप्रति विपक्षी वकिलहरूले आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन् । दक्षिण एसियामा सर्वाेच्च अदालतले यसरी तल्लो अदालतको फैसलामाथि झन् कडा निर्णय दिएको यो नै पहिलो घटना हुन सक्ने उनीहरूको भनाइ छ । 

उनीहरूले तत्कालीन पाकिस्तानी सेनालाई सघाएकोले उक्त समयमा लाखौं नागरिकको ज्यान गएको बताइन्छ । उक्त विपक्षी दलले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो दलका नेताहरूलाई कारबाही गरिएको बताउँदै आएको छ । यसै मुद्दामा दोषी पाइएको भन्दै तीनजना नेतालाई मृत्युदण्ड तथा आजीवन काराबासको सजाय सुनाइसकिएको छ । एएफपी : 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com