काबुल आश्विन २ ,
राष्ट्रसंघको मानव अधिकारसम्बन्धी आयोगका प्रमुख नाभी पिल्लेले अफगानिस्तानमा मानव अधिकारको अवस्था गिर्दाे रूपमा रहेको बताएकी छन् ।
१२ वर्षभन्दा लामो तालिवानको सशस्त्र विद्रोहका कारण नेटो सैनिकको सुरक्षा घेराभित्र रहेको अफगानिस्तानमा हालैमा दिनमा मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भएको पनि उनले बताएकी छन् ।
त्यहाँ विशेषगरी महिला र बालबालिकाका क्षेत्रमा अधिकारको हनन्का घटना भएका छन् ।
त्यहाँको भ्रमणमा रहेकी उनले मानव अधिकारको अवस्थाप्रति चिन्ता व्यक्त गरेकी छन् । उनले राजधानी काबुलमा संवाददाताहरूसँग भनिन्, 'मलाई के थाहा छ भने हालैका वर्षहरूमा मानव अधिकारको अवस्था निकै गिर्दो छ, यसले सबैलाई चिन्तित बनाएको छ ।'
उनले राष्ट्रपति हामिद कार्जाईसँग मानव अधिकारको रक्षाको प्रत्याभूतिका लागि आश्वासन खाजेको पनि जानकारी दिए ।
त्यहाँ अमेरिकी नेतृत्वको करिब ८७ हजार नेटो सैनिक छन् । उनीहरू सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तान छाड्दै छन् ।
निष्पक्ष निर्वाचन हुने दाबी
अफगानिस्तानका राष्ट्रपति हामिद कार्जाईले चुनाव निष्पक्ष र स्वच्छ हुने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यहाँ राष्ट्रपतीय र प्रान्तीय परिषद्का लागि निर्वाचन हुन गइरहेको छ । यस निर्वाचनलाई महत्त्वपूर्ण राष्ट्रिय घटनाका रूपमा लिइएको छ ।
सुरक्षा व्यवस्थाको पनि राम्रो बन्दोबस्त गरिने उनले जानकारी दिएका छन् ।
तालिवान शासनको अन्त्यपछि त्यहाँ तेस्रोपटक अपि्रल ५ मा निर्वाचन हुन गइरहेको छ । तालिवानले बहिस्कार गरेका छन् । निर्वाचन आयोगले उक्त पदका लागि २८ जनाले दरखास्त लिएको बताएको छ । एएफपी :