काठमाडौं आश्विन २,
बन्दको अवज्ञा गरेको भन्दै यात्रु सहित बसमा आगो लगाउन सक्रिय नेकपा माओवादी विरुद्ध गृह-मन्त्रालयल कारवाहीप्रति कडा देखिएको छ। घटनाको दुई दिनसम्म प्रतिकृयाविहिन बसेको गृहले मंगलबार औपचारिक धारणा राख्दै जुनसुकै आवरणमा हुने आपराधिक घटनामा संलग्नले कानुनी कारवाहीवाट उन्मुक्ति नपाउने बताएको हो।
निर्वाचनको विपक्षमा रहेको नेकपा–माओवादीले आयोजना गरेको बन्दको अवज्ञा गरेको भन्दै सोमवार माओवादीका कार्यकर्ताहरुले बनेपाको धुलिखेलमा यात्रु सहितको गाडीमा आगो लगाइदिएका थिए। माओवादीसम्बद्ध ताम्सालिङ मुक्ति मोर्चाका कार्यकर्ताले काठमाडौंबाट मेलम्ची जान हिडेको बा २ ख ५६७२ नम्बरको गाडिमा यात्रु भएपनी बाहिरबाट पेट्रोल छर्किएर आगो लगाइदिएका थिए।
गृहका प्रवक्ता शंकर कोइरालाले आगजनी घटनामा तीन जनाको संलग्नता देखिएको संलग्नमध्ये एक रमन परियारलाई पक्राउ गरी कारवाही शुरु गरिएको बताए। उनले अन्य २ जनाको खोजी भइरहेको जनाए। 'बनेपामा भएको आगजनीको घटनामा प्रति गृह मन्त्रालय गम्भिर छ,' कोइरालाले भने, 'यस्ता प्रकृतिका घटना घटाउनेलाई कारवाहीको दायरामा ल्याएर कडा कारवाही हुन्छ।'