चितवन भाद्र २९,
पूर्वी चितवनको रत्ननगर क्षेत्रमा पछिल्लो डेढ महिनामा ३० वटा सवारी दुर्घटना भएका छन्। गत साउनदेखि यही भदौ २० गतेसम्म रत्ननगरको पूर्वपश्चिम राजमार्ग र भित्री सडकखण्डमा भएका दुर्घटनामा ५८ जना घाइते भएको इलाका प्रहरी कार्यालय रत्ननगरको तथ्याङ्कमा उल्लेख छ। इलाका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक केदार पन्तका अनुसार प्रत्येक दिनजसो दुर्घटना भएका छन्।
सडकको दुरवस्थाका कारण मोटरसाइकल र साइकल ठोक्किएर धेरै दुर्घटना भएको प्रहरी प्रवक्ता पन्तले बताए। सडकमा परेको खाल्डाखुल्डीका कारण पल्टिएर र खाल्डो जोगाउन खोज्दा सवारीसाधन एकापसमा ठोकिएर अत्याधिक दुर्घटना भएको उनको भनाइ छ।
तथ्याङ्कमा उल्लेख भएअनुसार डेढ महिनाको अवधिमा करिब २० दुर्घटना सडकका कारण भएका छन्। त्यस्तै तीव्रगतिका कारण १० र मादकपदार्थ सेवन गरी सवारी चलाउँदा १० दुर्घटना भएको प्रहरी प्रवक्ता पन्तले बताए । फाट्टफुट्ट कुनै दिन दुर्घटना नभए पनि अन्य दिनमा एकदेखि तीन वटासम्म दुर्घटना भएका छन्।
सो अवधिमा भएका दुर्घटनामा कसैको पनि मृत्यु नभए पनि १५ जनाको गम्भीर अवस्थामा उपचार भएको उनको भनाइ छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनका सडकखण्ड यतिबेला जीर्ण बन्दै गएपछि दुर्घटना बढ्दै गएको हो। राजमार्गको केन्द्रीय बस टर्मिनल चोक, रत्ननगरको कृष्णमन्दिर, भानुचोक, खैरहनीको पर्साबजार, मगनीचोक, भण्डारालगायत ठाउँमा सडक भत्किएर जीर्ण बनेका हुन्। रासस :