मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजना सख्त घाइते I

  कञ्चनपुर आश्विन १,

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भाँसीमा गएराति विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजना सख्त घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार म१ प ११९१ र म१प ४३९९ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार कमलसिं ऐर, निखिल बम र पारस विष्ट सख्त घाइते भएका हुन्।

घाइतेमध्ये पारस विष्टको अवस्था चिन्ताजनक भएका कारण उनलाई थप उपचारका लागि भारततर्फ लगिएको छ। घाइते अन्य दुईजनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। द्रुत गतिमा मोटरसाइकल चलाएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com