बृदा नारी सम्मान सहित हरितालिका तीज बिषेश कार्यक्रम सम्पन्न I

काठमाण्डौ भाद्र २७,

बृदा नारी सम्मान सहित हिन्दु नारीहरुको महान चाड हरितालिका तिज बिषेश कार्यक्रम बडो उल्लासका साथ रामपुर चोक भण्डारा - २ मा यहि मिति २०७० भाद्र २३ गते आईतवार सम्पन्न भएको छ । 

'रामपुर टोल सुधार समिति'ले आयोजना गरेको 'तिज बिशेष २०७०'कार्यक्रममा समितिको अगुवाईमा स्थानिय ८५ बर्षिय वृदा पातली दराई,८१ बर्षिय लक्ष्मी सुनार, ८० बर्षिय झ्याउरी माया दराई र ७५ बर्षिय सुन्तली तामाङलाई सम्मान गरेको थियो । 

बृद्धा नारी सम्मान सहित शुरुवात भएको उक्त कार्यक्रमको शुरुवात देखि अन्त्य सम्म ब्रत बसेका चेलीहरुले बडो हर्षोल्लासका साथ नाच गान गरेर एकाअपसमा खुसी साटासाट गरेका थिए भने दराई जातीले मान्दै आएको परम्परा अनुसार कालो भित्तोमा बिभिन्न चित्र कोरी शिव र पार्बतीको पूजा पाठ गरि तीन दिन पछि एकबिहानै सेलाएर कार्यक्रम समापन गरिएको थियो । 

सम्मानित चारै जना बृद्धा नारीकै प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वरपरको चेलीहरुको बाक्लो सहभागिता रहेको थियो भने कार्यक्रमलाई अझ रोचक र घोचक बनाउनका निम्ति कार्यक्रम सँयोजक एँवम् रामपुर टोल सुधार समितिका प्रथम अध्यक्ष राजेश रुम्बा लामा 'अतृप्ते'लगायत अन्यले तिज बिशेष गजल,मुक्तक वाचन गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com