गजल : By, मानन्धर अभागी I



सोचेको थें त्यो दिन आउँदैन अब फर्केर
व्यर्थै भ्रममा परेछु आउँदैछ झन् दर्केर

ठूलामाछाले साना माछा सिध्याउने तयारीमा
भयपूर्ण त्राशले मर्दैछन् छाती चर्केर

एउटा मान्छे घाइते अर्को लाई दुखाइ
नभएका आरोप लाउँदैछ व्यर्थै झर्केर

एक दुई ठूला माछाले अवरोध गर्न खोज्दा
अरु ठूला माछाहरू जम्मा गर्दैछन् तर्केर

मरे मारिए के भो र ? आफ्नै युद्घमा मारिए
तड्पाउँदै छ आज घाउमा नुन छर्केर ।

 मानन्धर अभागी  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com